Home > Blog > विश्व हिन्दू मन्दिर लण्डनमा धार्मिक सांस्कृतिक समारोहकासाथ दशैं मनाइंदै

विश्व हिन्दू मन्दिर लण्डनमा धार्मिक सांस्कृतिक समारोहकासाथ दशैं मनाइंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

ॐ श्रीनवदुर्गायै नम: ।
लन्डन, बडा दशैं २०१७ को पावन अवसरमा यही आउँदो असोज ५ गते तदनुसार २१ सेप्टेम्बर २०१७ बिहीवार घटस्थापनाका दिनदेखि ३० सेप्टेम्बर २०१७ दशमीका दिनसम्म विविध धार्मिक सांस्कृतिक समारोह गरी मनाउन लागिएको छ । घटस्थापना विशेष पूजा गरी जमरा राख्ने, दैनिक दुर्गा सप्तशती चण्डीपाठ एवं आरती, सप्तमीका दिन विधिवत् फूलपाती भित्र्याउने, अष्टमीका दिन कालरात्री विशेष पूजा, नवमीका दिन नवदुर्गाका रुपमा नव कन्या पूजन गरी दशमीका दिन पूजा विसर्जनका साथ जमरा वितरण गरी हर्षोल्लासपूर्वक भव्यताका साथ मनाइने उक्त कार्यक्रममा समस्त बेलायतवासी नेपाली दाजु भाइ दिदी बहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ । विशेष यजमानका रुपमा पूजामा सरिक हुन चाहने महानुभावले स्थान सीमित हुनाले यथाशीघ्र सम्पर्क गर्नु हुन अनुरोध छ । पूजाबाट उठेको रकम नेपाली मन्दिर निर्माणमा लगाइने समेत जानकारी गराइन्छ ।

स्थान:
2 Lady Margaret Rd, Southall UB1 2RA

सम्पर्क:
पं. चिरञ्जीवि ढकाल 07946599795
पं. गोविन्द नेपाल 07946727164
पं. दुर्गाप्रसाद पोख्रेल 07882418890
पं. नारायण पौडेल (गाऊँले) 07916733773
पं. शेखर काफ्ले 07402945383
श्रीहोमनाथ पौडेल 07888673673

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै काठमाडौँ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको …