LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।
लन्डन । पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सिद्धार्थ विक्रम क्षेत्रीको नेतृत्वमा बेलायतमा पहिलोपटक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाडी संघको बेलायत च्याप्टर गठन भएको छ । बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरुलाई समेट्ने गरी चाडै नै कमिटीको गठन गर्ने क्षेत्रीले बताएकाछन । खेलाडी संघ केन्द्रीय उपाध्यक्ष, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य एवं काठमाण्डौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले शुक्रबार एक समारोहबीच क्षेत्रीलाई आधिकारिक प्रमाणपत्रसहित बधाइ दिएका छन् ।
विगत लामो समयदेखि खेलकुद लगायत मिडियामा समेत आवद्ध क्षेत्री हाल युरोपको नेपाली पत्रमा डिरेक्टर अफ अपरेसन्स रहेका छन् भने माया पबका हिस्सेदार पनिरहँदै आएका छन् । आफ्नो संस्स्थाले नेपालका खेलाडीहरुलाई प्रोत्साहन एवं हौसलास्वरूप बक्सिंग,फुटबल र एथलेटिक्सका खेलाडीहरुलाई एक एक लाख रुपैयाँको पुरस्कारको लागि पहल गर्ने बताएका छन् । बेलायतमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व नेपाली खेलाडीहरुको तथ्यांक राख्ने पनि क्षेत्रीले बताएका छन् ।
माया पबमा संचालित उक्त कार्यक्रममा बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरू सुरज कार्की, जीवन सेन, प्रकाश बस्नेत, ग्रयाण्ड मास्टर एनजे गुरुङ लगायतले क्षेत्रीलाई शुभकामना दिएका थिए ।
फोटो लन्डन नेपाल न्यूज
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।