LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।
फान्ब्रो, ३१ अगष्ट २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले नव मनोतित सल्लाहाकारहरुलाई रशमूर बरो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ । संस्थाका महासचिव मान गुरुङद्वारा संचालित एवं अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राइले स्वागत मन्तव्य दिएका थिए भने निवर्तमान अध्यक्ष ओम थापाले उनको कार्यकालमा पूरा गरिएका लक्ष्य र बाँकिरहेका कामको विषयमा प्रकाश पारेका थिए । यसै गरी सल्लाहाकार एवं एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, रशमूर बरो काउन्सिलका मेएर सोफिया चौधरी, प्रहरी चिफ इनिश्पेक्टर जोन हाल्फकर समेतले आ-आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको अन्त्यमा अध्यक्ष जीव बेलबासेले सबैलाई धन्यवाद दिदैं आगामी दुई वर्षभित्र गरिने अल्पकालीन एवं दीर्घकालीन योजना जस्तै जीआरएनसिको लागि कम्युनिटी हाल, अफिस, स्थानीय स्कुल र कलेजमा नेपाली कक्षाको सम्भाव्यता, भेट्रान प्रोजेक्ट, नेपाली नयाँ वर्ष, बिजीडब्लुएस र शिब कल्चरल एण्ड कम्युनिटी सेन्टरसंगको साझेदारीमा दशैं कार्यक्रम, रशमूर १० के रन, लागूऔषध तथा मादक पदार्थ दुर्व्यसन सम्बन्धी शिक्षण, फायरवाक कार्यक्रम लगायत जीआरनसी, प्रहरी, स्थानीय काउन्सिलका क्याबिनेट लिडर र उनको टिम, बिपक्षी दलका नेता र उनको टिम, रशमूर कम्युनिटी डेभलभमेण्ट मेनेजर र उनको टिम लगायतसँगको त्रैमासिक बैठक आदि विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष ओम थापा, रशमूर बरो काउन्सिलका मेएर सोफिया चौधरी, प्रहरी चिफ इनस्पेक्टर जोन हाल्फकर, स्थानीय काउन्सिलका क्याबिनेट लिडर डेभीड क्लिफोर्ड, सह लिडर केन, बिपक्षी दलका नेता आलेक्स क्राफोर्ड, रशमूर भोलेण्टीयरि सर्भिसेजका डेभलभमेण्ट मेनेजर सु हाथावे, सल्ल्हाकारहरू सुर्जे गुरुङ, मुछेत्र गुरुङ, भूपू प्रनाउ बाचस्पति रेग्मी, हित काजी गुरुङ, क्याप्टेन महेन्द्र लिम्बु, क्याप्टेन ग्यारी घले, शेर सुनार, क्याप्टेन राजेन्द्रमान गुरुङ, मेजर खिम गौचन, क्याप्टेन तीर्थमान गुरुङ, भिम बानिया, हरि श्रेष्ठ, विष्णु तामांग, क्याप्टेन हरि थापा, थर्क सेन, क्याप्टेन वीर बहादुर थापा, शान्ति थापा कुँवर,नन्द कुमारी गुरुङ, रत्न राइ,पुरन गिरि, जंग सुनुवार, डीलरास गुरुङ, कृष्ण गुरुङ, पूर्ण राज गुरुङ, क्याप्टेन केशर राना, विश्वजंग गुरुङ, देव बहादुर घले, हर्क गुरुङ, कार्समितिका तर्फबाट बरिष्ठ उपाध्यक्ष राम धन राइ, उपाध्यक्ष नेम थापा, महासचिव मान गुरुङ, कोषाध्यक्ष टोप पल्ली, महिला संयोजक लिला सेलिङ्ग माबो,सदस्य दिल नेपाली, जगना गुरुङ, टेक थापा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम ऐतिहासिक रहेको कुरा उपाध्यक्ष नेम थापाले बताए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।