Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
“मन बिगार्ने रानी, हिँड्दा खेरी फूलले नि रिस गर्ला सुन्दरताकी खानी” लोक तथा दोहोरी गायिका कला पंगेनी र गोबिन्द चापागाईंको आवाजमा रहेको “मन बिगार्ने रानी” पन्चेबाजा गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । विशेषगरी बैवाहिक समारोहमा प्रयोग हुँदै आएको पन्चेबाजाको महत्व हिजोआज स्वदेशमा मात्र नभएर विदेशमा अनि विभिन्न समारोहहरुमा लोकप्रिय बन्दै गैरहेको च । बिवाहको लगनको खासै अवसर नभएतापनि हिन्दूहरुको माहान पर्व बडादशैं र तिहारको अवसर पारेर गायिका कला पंगेनीको आफ्नै युट्युब च्यानल मार्फत यस पन्चेबाजाको म्यूजिक भीडीयो सार्वजनिक गरिएको छ । दीपक तिवारीको लय तथा शब्द संयोजन रहेको यस म्यूजिक भीडीयोमा अहिलेका व्यस्त अनि चर्चित मोडलद्वय अन्जली अधिकारी र महेन्द्र गौतमको अभिनय रहेको छ । तेस्तैगरी प्रविन थापाको निर्देशन र शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको छ ।
पन्चेबाजाको भीडीयो हेर्नुहोस ।