Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, नेपाल प्रेस युनियन बेलायत (यूके) शाखाको अधिवेशन आगामी नोभेम्बर १ तारिखका दिन हुने भएको छ । यही २५ अगष्ट शुक्रबारका दिन नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीको तथा नेपाल प्रेस यूनियन बेलायत शाखाका संयोजक बिपिन निरौला लगायतको उपस्थितिमा दुवैजनाको संयुक्त हस्ताक्षर सहितको विज्ञप्ति मार्फत उक्त कुराको तय गरिएको हो । अधिवेशनको जानकारी नेपाल प्रेस यूनियन केन्द्रीय कार्यालयमा जानकारी गराउने र अधिवेशन गराउनका लागि आवश्यक केन्द्रीय प्रतिनिधि पठाउनको लागि समेत केन्द्रमा आग्रह गर्ने सहमति भएको छ ।
अधिवेशनका लागि आवश्यकता अनुसार विभिन्न समिति र उपसमितिहरू बनाउनको लागि प्रेस यूनियन बेलायत शाखाका संयोजक र सह-संयोजकलाई जिम्मेवारी दिने निर्णय समेत तय गरिएको जानकारी प्रेस यूनियन बेलायत शाखाका संयोजक बिपिन निरौलाले जानकारी दिएकाछन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





