Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन । ओशो तपोवन युकेका संस्थापक स्वामी आनन्द अरुण सेप्टेम्बर १ तारिखदेखि ४ तारिखसम्म बेजिङस्टोकस्थित बेजिङस्टोक कन्ट्री होटल एण्ड स्पामा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नको लागि सोमबार बेलुका युके आइपुग्नुभएको छ । स्वामी आनन्दलाई हिथ्रो विमानस्थलमा बेलायतस्थित ओशो सन्यासी तथा तिनका परिवारले स्वागत गरेका थिए । आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ स्वामी अरुणले तीन दिवसीय शिविर संचालन गर्नुहुनेछ । शिविरमा सहभागी हुन इच्छुक व्यक्तिहरुले shankardhakal@hotmail.com मा वा 07886018119 / 07771687332 / 07428190745 मा सम्पर्क गर्न आयोजक ओशो क्याम्प युकेले जानकारी गराएकोछ । संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरू सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ । “अहिलेको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ । त्यसैले श्रद्धेय स्वामी अरुणसँग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भन्नुभयो। स्वामी अरुणले गत एघार वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरू सन्चालन गर्दै आउनुभएको छ । “राजनीति होस् वा सार्वजनिक जीवनमा, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अरुणले भन्नुभयो । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
स्वामी आनन्द अरुणसंगको कुराकानी सुन्नको लागि तलको भीडीयो प्ले गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।