• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना nrna NRN नेपाल भ्रमण वर्ष नेपाल कोरोना नेपाली मेला बेलायत कोरोना पत्रकार महासंघ यूके

सीमा गौतमद्वारा एनआरएन स्विजरल्याण्डको अध्यक्षमा उम्मेदवारी


  •     / १४ भाद्र २०७४, बुधबार १०:१३ प्रकाशीत

  • Advertisement

    गोर्खा रेडियो, आगामी सेप्टेम्बर ३ तारिखका दिन हुन गइरहेको गैरआवासीय नेपाली संघको निर्वाचनले विश्वभरी नै चर्चा परिचर्चा पाइरहेको छ । उमेदवारहरुले पनि आफ्नो पक्ष्य मजबुत बनाउनको लागि कुनै कसर बाँकी राखेका छैनन् । त्यस्तैगरी गैरआवासीय नेपाली संघ स्विजरल्याण्डको अध्यक्षमा सीमा गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । करिब १७ वर्ष देखी स्विजरल्याण्डमा बसोबास गर्दै आएकी गौतम लामो समय देखी सामाजिक कार्यमा सक्रिय रुपमा लाग्दै आएकीछन छन् । आउँदो ३ सेप्टेम्वरमा हुने निर्वाचनका लागि उनले ७ बुँदे प्रतिवद्धता सहितको कार्ययोजना समेत अगाडि सारेकी छन् । उनले संघलाई साझा संस्थाको रुपमा स्थापित गर्ने, युवा पुस्तामा नेतृत्व हस्तान्त्रण गर्ने, स्विजरल्याण्ड र नेपालका बीच भावनात्मक सम्बन्ध बढाउने, नेपालमा लगानी भित्राउने, सदस्यता प्रकृयालाई सर्वसुलभ बनाउने, लगायतको महत्वकांक्षी योजना अघि सारेकी छन् । गौतमद्वारा जारी प्रत्वद्दता यसप्रकार रहेको छ ।

    गैरआवासीय नेपाली संघ स्विजरल्याण्डको अध्यक्षमा मेरो उम्मेदवारी सहित मेरो अनुरोध,

    सम्पूर्ण स्विसवासी नेपाली दिदीबहिनी र दाजुभाइहरुमा हार्दिक नमस्कार,
    म सीमा गौतम विगत १७ वर्ष देखि यहा बसोवासं गर्दै आइरहेकी छु र यस क्रममा यहाको नेपाली समाज भित्र कुनै न कुनै रुपमा तपाईंहरू सग हातेमालो गर्दै अगाडि बढिरहेको यहाहरू सबैलाई थाहा नै छ । र स्विजरल्याण्डको नेपाली समाजमा तपाईंहरूसँगै हातेमालो गर्ने क्रममा अराउ समाजले गरेका हरेक क्रियाकालापमा हातेमालो र जिम्मेवारी बहन गर्दै २०११ (१३मा कार्यसमितिको सदस्य, २०१३ ( १५मा कोषाध्यक्ष ।२०१५ ( १७मा उपाध्यक्ष हुँदै गैर आवासीय नेपाली संघ स्विजरल्याण्डमा आबद्ध रहेर आजसम्म निरन्तर गतिबिधिहरुमा सहभागी र जिम्मेवारी लिदै अगाडि बढिरहेकी छु ।
    र यस अवधिमा विभिन्न पदमा जिम्मेवारी बहन गर्ने सुवर्ण अवसर दिनु भएको म आफूलाई गौरवान्वित महसुस गरेकी छु।यसै त विदेशको व्यस्त जीवनशैली त्यही माथि पनि म महिला जसले काम गरेर बाँच्न्नु पर्ने यहाको परिस्थिति,समाज, घर परिवार सबैलाई जोड्दै यिनै अनुभव र तपाईहरुको स्नेह,माया र साथले समग्र स्विजरल्याण्डको नेपाली समाजको नेतृत्वगर्ने आटका साथ् गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विजरल्याण्डको आगामी कार्यकाल २०१७ ( १९का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारीका साथ् तपाईंहरुकोसामु आएकी छु ।
    स्विजरल्याण्डमा सशक्त र पहुच स्थानमा धेरै नेपाली महिलाहरू पनि कार्यरत हुनुहुन्छ । विभिन्न माध्यमबाट वहाँहरुले यहाको नेपाली समाजका साथै नेपाल र नेपालीका लागि उल्लेख्य काम गर्दै आउनु भएको छ । यति हुदा हुँदै पनि हामी महिलाहरू सक्षम भएर पनि सामाजिक संघ संस्थाको नेतृत्व तहमा हाम्रो उपस्थिति निकै कमजोर अवस्थामा रहेको म लगायत हामी सबैले महसुस गरेको कुरा हो ।
    एनआरएनए जस्तो साझा संस्थामा महिलाहरुको नेतृत्वमा मात्र होइन कि सहभागिता समेत निकै कमजोर र न्यून अवस्थामा छ । एनआरएनए एनसीसी प्रति नेपाली महिलाहरुको आकार्षण र सहभागिता बढाउन पनि मेरो उम्मेदवारी जरुरी देखेकी छु । मेरो उमेदवारी हामी महिलाहरुको सहभागिता मात्रै नभएर पुरुषले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउदै महिला पुरुष समान भन्ने मान्यतालाई स्थापित गर्दै हामीले पनि नेतृत्व गर्न सक्छौं भन्ने दाविंदारी पनि हो । एनआरएनए भित्र ३३ प्रतिशत महिलाको सहाभागीताको जोडदार रुपमा उठिरहेको र बैधानिक रुपमा पनि अगाडि बढिसकेको यो समयमा एनआरएनए स्विजरल्याण्डको ईतिहासमा पहिलो पटक म एक महिलाले अध्यक्षमा दावी गरेकी छु । यो केवल दावी मात्रै नभएर अनिवार्य पनि देखिएकोले स्विजरल्याण्डवासी सबैको साथ र सहयोगको अपेक्षा सहित आफनो उमेदवारी घोषणा गर्दछु ।

    किन मेरो उम्मेदवारी,

    १. व्यक्तिगत सोच र स्वार्थ बन्दा माथि उठेर सस्थाको हितमा लाग्दै आगामी दिनमा गैर आवासीय नेपाली संघ स्विजरल्याण्डलाई सबै नेपालीको साझा संस्था बनाउदै एकताको सूत्रमा गाँस्ने पहिलो प्रयास हुनेछ ।
    २. अब को १० र १२ वर्षपछि एनआरएन एनसिसीमा सक्षम व्यक्ति ल्याउनका लागि अहिले नै नेतृत्व विकाश गर्न जरुरी छ । त्यसैले युवाहरुलाई जतिसक्दो सहभागी गराउदै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै उनीहरुलाई हाम्रो भाषा संस्कृतिसँग जोडने कार्य योजना ल्याउने छु ।
    ३. हाम्रो भाषा संस्कृतिरहेमा नै हामी नेपालीरहने हो, त्यसको जगेर्ना गर्नका लागि सबैको साथ सल्लाह र सुझाव अनुसार अगाडि बढ्ने छु ।
    ४. स्विजरल्याण्ड र नेपालका विच भावनात्मक, सास्कृतिक, भौगोलिक र पारिवारिक सम्वन्ध भएकोले यसलाई नेपालसग जोडिएका स्विस नागरिक र यस क्षेत्र लाग्नु भएका नेपालीहरुको पहिचान गरी उहाहरुका विच समन्वय गर्दै सिप, ज्ञान र पुजीलाई एनआरएनए मार्फत नेपालमा उपयोग गर्न पहल गरी सम्बृद्ध नेपाल निर्माणमा टेवा पुर्याउने प्रयास गर्ने छु।
    ५.साधरण सदस्यका लागि परिचय कार्डको व्यवस्था गर्दै स्विजरल्याण्ड भित्र सामुहिक रुपमा जादा सेवामा सहुलियत प्राप्त क्षेत्र जस्तै (सवारी विमा, स्वास्थ्य विमा जस्ता ठाउमा सस्थागत रुपमा जाने जस अनुसार साधारण सदस्यले आर्थिक लाभ लिन सक्ने छन् ।
    ६. नेपाल दुतावास, नेपाल पर्यटन बोर्ड ९ स्विजरल्याण्डमा नियुक्ति हुनु भएका पर्यटनज्यूहरूसँग समन्वय र सहकार्य गर्दै सम्पूर्ण स्विसस्थित संघ, सस्था, समूह,नेपाली मिडिया साथै सम्पूर्ण स्विस वासी नेपालीको सहयोग र साथ लिएर सजिलो र सम्भव हुने स्विजरल्याण्डका ठुला शहर मध्ये कहीं नेपाली भाषा संस्कृति, पर्यटनको पर्वर्द्दन गर्नका नेपाल फेस्टिवलको आयोजाना गर्नेछु ।
    ७. सदस्यता नविकरण र प्रत्येक पटक फारम भर्ने झन्झटिलो प्रथाको अन्त्य गर्दै एनआरएनए आइसिसिको संसार भरिका सदस्यलाई एकै ठाउमा राख्ने उद्देश्यले शुरु गरेको अनलाइन सिस्टमलाई समावेश गर्दै घरबाटै सदस्य बन्ने व्यवस्था मिलाउने छु ।
    अन्तमा नेपाली समाजको नेतृत्व गर्दै गर्दा माथि लेखेका प्रतिवद्दतासँगै मैले धेरै जिम्मेवारी यो नेपाली समाजका लागि गर्नु पर्छ भन्ने चुनौतीलाई आत्मसाथ् गर्दै यहाको नेपाली समाजलाई एकै ठाउमा उभ्याउनका लागि मेरो सहकार्य,आत्मसम्मान र सहअस्तित्व सहित अगाडि बढ्न तयार रहेको पनि जानकारी गराउदै ।
    तपाईंहरू सबै स्विसवासी दिदीबहिनी एवम दाजुभाइहरुमा आगामी सेप्टवर ३ तारिख हुन गैरहेको गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको अधिवेसनमा आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन् हार्दिक अनुरोध गर्दछु ।

    सीमा गौतम
    अध्यक्ष उम्मेदवार
    २०१७—१९, गैरआवासीय नेपाली संघ, स्विजरल्याण्डg>

    Like this:

    Like Loading...

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने

    • २. गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा

    • ३. संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||

    • ४. बेलायतको २३ औं राजदूतको रुपमा घिमिरेले सम्हाले पदभार

    • ५. सिएनएस यूकेले मासिक वेभिनार सन्चालन गर्ने

    धेरै पढिएको
    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back
     

    Loading Comments...
     

      %d