LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।
हालै नेपालमा आएको अबिरल वर्षा तथा नेपालको तराई भू-भागमा परेको डुबान प्रभावित क्षेत्रमा बेलायतमा कृयाशील सामाजिक संस्था धादिङ्ग नुवाकोट समाज यूके (DNS-UK)ले तत्कालै बैठक बसी संकलित रकम संस्थाकै नेतृत्वमा प्रत्यक्ष्य रुपमा बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । संस्थाका अध्यक्ष सी बी तामाङ्गका अनुसार उपाध्यक्ष इन्जिनिएर देव तामाङ्गको नेतृत्वमा गायक बिरुलामा तथा समाजसेवी जगत बहादुर तामाङको टोलीले सर्लाही हरकटुवा गाउँपालीकाका १०० घर हरीवन मोहनपुरमा ४६ घर तथा लालबन्दीमा ७९ घर धुरीको प्रत्येक परिवारको लागि म्याट्रेश, ३० केजी चामल, ३ केजी चिनी, ५ लिटर तेल, चियापत्ती, ब्रस-टुथपेष्ट तथा झुल वितरण गरेको थियो । बिपन्न बस्तीमा स्थानीय सामाजिक अभियन्ता तथा बाल चेतना नेपालका अध्यक्ष सुरेन्द्र लामा तथा आरती लामाको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय प्रसाशनको समेत सहभागीमा सो कार्यक्रम सम्पन्न भएको संस्थाका महासचिव धन पाख्रिनले जानकारी दिएकाछन् । ५ लाख रुपैंया बराबरको अत्यावश्यक राहत सामाग्री वितरण पछि स्थानीयहरुले सात समुद्र पारीबाट र अन्य जिल्लाका बासिन्दाले गरेको सहयोगको प्रशंसा गर्दै दाताहरू सबैलाई आभार प्रकट गरेका थिए । सोही अवसरमा बाल चेतना केन्द्रमा आरक्षित द्वन्द पीडित बालबालिकाको सहयोगको लागि सानो सहयोग स्वरुप २० हजार रुपैंया समेत वितरण टोलीका संयोजक देव तामाङले हस्तान्तरण गरेका थिए । राहत वितरणको दोश्रो चरण गायक मिलन लामा को संयोजनमा प्रभावित क्षेत्र चितवनमा करिब २ लाख बराबरको सामाग्री केही दिन भित्रै वितरण गरिने महासचिव धन पाख्रिनले जानकारी दिएकाछन् । दोश्रो चरणको राहत विरणको लागि केही रकम नेप्लिज लेडिज लण्डन बोरो अफ हन्स्लोकी देवी रानी गुरुङको संयोजनमा तिज कार्यक्रमबाट समेत संकलन गरिएको थियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।