Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, अगष्ट २७ तारिख आइतबारका दिन लन्डनस्थित केम्प्टन पार्कमा हुन गैरहेको तमुधिं यूकेद्वारा आयोजना गर्न लागिएको ९ औं नेपाली मेलामा लन्डन मेएर सादिक खान, संस्थाका संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घले, लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको उपस्थिति हुने पक्का भैसकेको र अन्य १८ जना विदेशी राजदूतलाई निमन्त्रणा गरिएको तमुधिं यूकेले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । नेपालबाट आउने भनिएका संस्कृतिमन्त्रीको भने नेपालमा हालै भएको दैवी प्रकोपका कारण भ्रमण स्थगित भएको समेत नेपाली मेलाका संयोजक तथा तमुधिं यूकेका उपाध्यक्ष्य हितकाजी गुरुंगले जानकारी दिएका छन् । १० देखि १२ हजार जनासम्मको सहभागिता रहने अपेक्षा गरिएको उक्त नेपाली मेला नेपाली दूतावास लन्डनको सहकार्यमा हुन लागेको हो । कार्यक्रमलाई भव्य रुपमा व्यवस्थित गर्नको लागि ६२ जनाको कमिटीले आ-आफ्नो कामको जिम्मेवारी लिएर काम शुरु गरिसकेको छ ।
बेलायतमा रहेर नेपाली भाषा, संस्कृति र परम्पराको समरक्षण एवं प्रबर्धन गर्ने उद्देश्यले नेपाली दूतावास लगायत अन्य विभिन्न संघसंस्थाको सहयोगमा संचालन हुँदै आइरहेको नेपाली मेलाको महत्व बढ्दै गैरहेको तमुधिं यूकेका अध्यक्ष्य ग्याम गुरुंगले बताए । नेपाली मेलामा पर्यटन प्रबर्धन तथा विभिन्न व्यवसायीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न समेत सहयोग पुग्ने र नेपाली मेलालाई कुनै पनि जाती र वर्गको रुपमा नभई सम्पूर्ण नेपालीको साझा थलोको रुपमा अघि बढाउने उद्देश्य रहेको पनि अध्यक्ष्य गुरुंगले बताए । मेला हेर्नको लागि सम्पूर्ण नेपालीहरुलाई निमन्त्रणा गर्दै हालै नेपालमा गएको बाढी पीडितलाई सहायोग गर्नको लागि समेत पहल गरिने गुरुंगले बताएकाछन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराक साथ हुने उक्त मेलामा तीसभन्दा भाधि संस्थाहरुले झाँकी, लाइभ म्यूजिक,खाना लगायतका प्रदर्शनी गर्ने भएका छन् । ६ खाना र २५ व्यापारिक तथा च्यारिटी स्टल रहने तमुधिं यूकेले जनाएको छ । मेलामा प्रथम पुरस्कार ११ सय पाउण्ड र मेडल दिइने एम्बेसेडर कप तथा नृत्य-झांकी प्रतियोगिता पनि आकर्षणका रुपमा छ ।
नेपाली मेलाका सस्थापक एवं पूर्व अध्यक्ष्य सुवसिंग गुरुंगले हाइ प्रोफाइलका अतिथि सत्कारको जिम्मा लिएकाछन् भने उनले बेलायतको विपक्षी दलका नेता जेरेमी कोर्बिन र पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनलाई समेत नेपाली मेलामा सहभागी हुनको लागि निम्तो पठाइएको जानकारी दिए । महासचिव कृष्ण गुरुंगले संचालन गरेको उक्त पत्रकार सम्मेलनमा उपाध्यक्ष्य नन्दजंग गुरुंगले स्वागत मन्तव्य दिएका थिए । फोटो लन्डन नेपाल न्यूज
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।