LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।
लन्डन, नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर २० अगष्ट आइतबारका दिन नेपाली दूतावास लन्डनमा तीज कार्यक्रमको आयोजना गरिएको छ । नेपाली दूतावासले आयोजना गरेको उक्त तीज कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्द महिला प्रतिनिधिहरुलागायत बेलायतवासी नेपाली महिलाहरुको उपस्थितिरहेको थियो ।
सोही तीज कार्यक्रममा कला पंगेनी र खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको शब्दमा गाइएको तीज गीत “पापी घरैमा” बोलको गीतको म्यूजिक भीडीयोको पनि राजदूत पत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीद्वारा विमोचन गरिएको थियो । विमोचनका क्रममा उपस्थित महिलाहरुले सोही गीतमा नृत्य गरेर रमाइलो गरेका थिए । कार्यक्रममा स्थानीय गयीकाहरुद्वारा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । नेपाली दुतावास लण्डनले हरेक वर्ष तीज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । 

विमोचन कार्यक्रमको झलक ।
पापी घरैमा म्यूजिक भीडियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





