Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, बेलायतस्थित ग्रेटर रशमोर नेपाली कम्युनिटीका प्रतिनिधिहरुले स्थानीय रशमोर बरो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइसमेत सहभागीतामा बैठक सम्पन्न गरेका छन् । हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक विशेष गरी सामाजिक विसंगति, सामाजिक अप्ठेरा, जीवनका दैनिक गतिविधिमा बाधक विषय, नेपाली र स्थानीय समूदाय बीचको दुरी कम गर्ने कुरामा बाधक विषय, अस्पताल तथा हेल्थसेन्टरमा आउने अप्ठेरा आदि विषयमा छलफल भएका थिए । नेपाली समूदायुलाई बेलायती संस्कार, चलन चल्ती, नियम कानून, रहनसहन लगायत विषयमा जानकारी गराउने उदेश्यले बैठक आयोजना भएको थियो । नेपाली र स्थानीय समूदाय बीचमा आपसी सकारात्मक पारास्पारिकताको विकासका लागि के गर्न सकिन्छ भनी हरेक तीन महिनामा नेपाली नेतृत्व वर्गसँग शमोर ब्रो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा बस्ने बैठकले समस्याको पहिचान र समाधानका उपाय समेतमा छलफल भएको थियो । रशमोर बरो काउन्सिलको अफिसमा सम्पन्न बैठकले यसपटक आगामी १६ सेप्टेम्बेर २०१७मा काउन्सिल, ग्रेटर रशमोर नेपाली कम्युनिटी, अन्य संघसंस्था र आर्मीको संयुक्त पहलमा अल्डरशटस्थित वेस्ट्रन पार्कमा गरिने फूड फेस्टिबलमा सहभागिताको लागि सबै समुदायमा ब्यापक प्रचार गर्ने निर्णय समेत निर्णय गरेको छ । बैठकले आगामी ०९ अक्टुबरमा स्थानीय फाएर एण्ड रेस्क्यू सर्भिसको भवनमा स्थानीय समुदायलाई नेपाली करी कुकिङ्ग प्रशिक्षण दिने र संयुक्त भोजनको प्रबन्ध गर्ने निर्णय गरेको छ । बैठकमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका बरिष्ठ उपाध्यक्ष रामधन राइको संस्थाको लागि अफिसको माग प्रश्ताव उपर छलफल गर्दा बृद्ध गोर्खाहरुको लागि चौतारीको रुपमा प्रयोग गर्न कुनै हल,जी आर एन सी को लागि अफिसको परिपूर्तिको लागि काउन्सिलका जेराडलाई जिम्मा र उनीसँग सहकार्यको लागि ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे, बरिष्ठ उपाध्यक्ष राम धन राई र सल्लाहाकार विष्णु श्रेष्ठलाई तोकेको छ । त्यसै गरी काउन्सिलर लिडर डेभीड क्लिफोर्डले उपयुक्त जमिन खोजी गरी मन्दिर र गुम्बा सहितको नेपाली कम्युनिटी हल बनाउनु पर्ने प्रस्ताव गरेका थिए। बैठकमा बाटो तथा पार्क हिडडुल गर्दा नेपाली बुढाबुढीहरुलाई टिनेजर केटाकेटीहरुबाट हुने अभद्र व्यवहार, चोरी तथा लुटका घटना विषयमा प्रहरीलाई सजग हुन सहभागीहरुले आग्रह गरेका थिए । २५ जना नेपाली नेतृत्व वर्गको सहभागिता रहेको उक्त बैठकमा निवर्तमान अध्यक्ष ओम थापा, सल्लाहाकारहरु, विभिन्न कमिनिटिका प्रतिनिधिहरु, प्रहरी, काउन्सिलरहरू र काउन्सिलका कर्मचारीहरुको सहभागिता रहेको थियो।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।