लन्डन, बेलायतका सम्पूर्ण नेपालीहरुलाई समेट्ने गरी हरेक वर्ष तमू धिं यूकेले आयोजना गर्दै आएको नेपाली मेला सन् २०१७ को लागि आउँदो अगष्ट महिनाको २७ तारिख आइतवारका दिन लन्डनस्थित केम्प्टन पार्क रेसकोर्समा हुने भएकोछ । यातायात, स्थान लगायतका विभिन्न कारणले गर्दा नेपाली मेलालाई सोहि स्थानमा निरन्तर गर्नुपरेको तमू धीं यूकेका अध्यक्ष्य ज्ञाम गुरुंगले बताएका छन् । सन् २०००मा स्थापना भएको तमू धीं यूकेले नौ वर्षपछि अर्थात् सन् २००९ देखि नेपाली मेलाको शुरुवात गरेको थियो । बेलायतका दर्जनौं संघसंस्थाहरुको सहभागीता रहँदै आएको यस नेपाली मेलामा खासगरी हामी नेपालीको कला, संस्कृति, भेषभुषा लगायतका विभिन्न मौलिकताहरुको प्रदर्शन गरिने भएकाले यसलाई नेपालीहरुको लागि सांस्कृतिक पर्वको रुपमा हेर्ने गरिन्छ । आ-आफ्ना संस्कृति झल्किने खालका विभिन्न प्रकारका झाँकीहरु, ब्रिगेड ब्याण्ड तथा युवा युवतीहरुको सांगीतिक प्रस्तुति, एम्बेसडर कप, ट्होटे पर्व, मनोरन्जनात्मक खेलहरुका साथै सबै प्रकारका नेपाली परिकारहरुको स्टल राख्ने गरिन्छ । नेपाली मौलिक पहिचानहरुलाई विदेशी भूमिमा पनि संरक्षण र प्रवर्द्धन गर्दै लैजाने उद्देश्यले जातीय संस्था तमू धिं यूकेले आयोजना गरेको भएतापनि यो सम्पूर्ण नेपालीहरुकै गौरवको विषय सावित हुदै आएको छ । नेपाली मेलामा भेटघाट, शुभकामना आदानप्रदानका साथै आफ्नो व्यापार व्यवसायलाई प्रमोशन गर्ने सुनौलो अवसर पनि भएको हुँदा सम्पूर्ण नेपालीहरुकै पहिचानको रुपमा स्थापित नेपाली मेलालाई सफल पार्नको लागि तमू धिं यूकेले बेलायतका सम्पूर्ण संघसंस्था,व्यापारी तथा व्यक्तिहरुलाई सहयोगको लागि अपिल गर्दै आएको छ । कार्यक्रमस्थल जानको लागि यहाँ क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।