लन्डन, बेलायतमा बसोबास गर्दै आएकी बालिका सुभेक्षा तिवारीले आफ्नो मातृभूमीलाई सम्झेर गाएको “नाँच्दै खेल्दै“ बोलको गीतको भिडियोलाई हाइलाइट्स नेपालले भर्खरै मात्र आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकोछ । परदेशमा बसेर पनि स्वदेशप्रतिको मायामोह र प्राकृतिक सौन्दर्यता प्रतिको भावनाले सजिएको उक्त गीतलाई सुभेक्षाका पिता तथा संचारकर्मी शिव तिवारीले सृजना गरेका हुन् । गीतले नेपाली संस्कृति, परम्परा र रहनसहन अनि मातृभूमिको प्राकृतिक सौन्दर्यताको स्मरण गराउन खोजेको पाइन्छ । प्रवाशमा रहेर नेपालीपनलाई बिर्सदै गरेका पछिल्लो पुस्ताहरुको लागि सुभेक्षाले गरेको प्रयास प्रेरणा र हौसलाको रुपमा सबैले लिन सकेमा प्रवासमा पनि नेपाली कला, संस्कृति र परम्पराको अवश्य जगेर्ना हुनेछ । बेलायतकै मनोरम प्राकृतिक सौन्दर्यतामा छायांकन गरिएको यस गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने निर्देशन तथा छायांकन शिव तिवारीले गरेका छन् । म्यूजिक भीडीयोमा आफ्ना साथीहरुको साथमा सुभेक्षा स्वयंले अभिनय गरेकीछन ।
“नाँच्दै खेल्दै” गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





