Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, बेलायतमा बसोबास गर्दै आएका बगाले थापाहरुले १२ अगष्ट शनिबारका दिन गीलफोर्डस्थित रोयल गोर्खा रेष्टुरेन्टमा तेस्रो वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । हालैमात्र नेपालबाट आफ्नो भ्रमणका शिलसिलामा बेलायत आएका टपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यमा उक्त वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । सानै उमेरदेखि ऐतिहासिक एवम् सांस्कृतिक विषयमा चासो राख्दै आएका थापाले बगाले थापाहरुको वंशावली तयार पार्ने अभियानमा लागि परेका छन् । ऐतिहासिक महत्वका विषयवस्तुहरुको नालीवेली केलाउनमा विशेष चासो राख्ने थापाको साहित्यप्रति पनि उत्तिकै चासो रहेको छ । करिब ५० जनाको सहभागीता रहेको उक्त बगाले थापाहरुको भेटघाटमा तीजको अवसर पारेर महिला दिदीबहिनीहरुलाई पनि निमन्त्रणा गरिएको थियो ।कार्यक्रममा बगाले थापाहरुले परम्परागत रुपमा मान्दै आएका रहनसहन तथा परम्पराको बारेमा छलफल हुनुका साथै प्रमुख अतिथिको रुपमा उपस्थित टपेन्द्र बहादुर थापाले बगाले थापाको वंशावली र यसको महत्वको बारेमा प्रकाश पारेका थिए । आफ्ना पिता पुर्खाको बारेमा जानकारी राख्न र अभिलेख राख्नको लागि सबैले मिलेर अघि बढ्नुपर्ने कुरामा पनि थापाले जोड दिएका थिए । मोहन थापाको संयोजनमा भएको उक्त भेटघाट कार्यक्रममा विभिन्न किसिमका नाचगान एवं खानपानको साथमा रमाइलो गरिएको थियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।