Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, सेप्टेम्बर ९ हुने गैर आवासीय नेपाली संघ एन आर एन यूकेको सातौं अधिवेसनका लागि सदस्य संख्यामा सोचेभन्दा बढी अर्थात ३ हजार ६ सय २५ जना सदस्य बनेका छन् । सदस्यता शुल्क २५ पाउण्ड बनाएका कारण सदस्यता लिनेहरुको संख्या कम हुन सक्ने सबैले अनुमान लगाएका थिए । सदस्यता दर्ताको लागि निर्धारित समय सोमबार साँझ १० बजेसम्म राखिएको थियो जसमा १ हजार ७ सय १३ जनाले अनलाइन मार्फत सदस्यता दर्ता गराएका छन् भने १ हजार ८ सय ६२ जनाले फारम भरेर सदस्यता आवेदन दिएका छन् । ५० जना आवेदकहरुको भने आवश्यक कागजपत्र पूरा नभएकोले तेसलाई पनि चाडै छानबिन गरिने भएको छ । संघको नेतृत्वका लागि हालसम्म आइसीसी सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय योगकुमार फगामी र हिराधन राईले दावी गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।