सपन इन्टरटेनमेन्टद्वारा तीज धमाका २०१७ सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लन्डन, नारीहरुको महान पर्व तीजको अवसर पारेर सपन इन्टरटेन्मेंट लिमिटेडले गत आइतबार अल्डरसटस्थित द प्यालेस हलमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विगत १६ वर्षदेखि तीज कार्यक्रमलाई निरन्तरता दिंदै आएको सपन इन्टरटेनमेन्ट लिमिटेडले यसपटक पनि राजदूत पत्नी पुनम राज्यलक्ष्मी सुवेदीको प्रमुख आतिथ्यमा तीज कार्यक्रम सम्पन्न गरेको छ । उक्त तीज कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथिई सुवेदीले नेपालीहरुले प्रवासमा बसेर पनि आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरिन । वर्षभरिका दुख पीडालाई भुलेर रमाइलोसंग नाचगान गर्ने नारीहरुको मौलिक पर्व तीज एकापसमा मित्रता, सहिष्णुता सहयोग अभिवृद्धि गराउने माध्यम भएकोले यसलाई सबैले मिलेर निरन्तरता दिंदै जानुपर्ने धारणा व्यक्त गरेकी थिइन् । नेपाली दूतावास लन्डनमा आगामी अगष्ट २० तारिखका दिन हुन गैरहेको तीज कार्यक्रममा सम्पूर्ण महिलाहरुलाई निमन्त्रणा समेत गरेकीछन् । विभिन्न किसिमका गरगहना र रातो पहिरनमा सजिएका झन्डै दुई सय जना महिलाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा तीजका गीतहरुमा नाचेर सबैले रमाइलो गरेका थिए । गतवर्ष भने कार्यक्रमको अत्यधिक चापले गर्दा तीज कार्यक्रम नगरिएको र यसपटक दिदीबहिनीहरुको विशेष अनुरोधमा तीज कार्यक्रमको आयोजना गरिएको निर्देशक सपन कुमार राइले बताएका छन् ।

श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीद्वारा तीजको उपलक्ष्यमा प्रस्तुत शुभकामना शन्देश

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित