Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले विभिन्न महत्वपूर्ण प्रस्ताव उपर छलफल गर्दै निर्णय समेत गरेको छ । नेपाली समूदाय र स्थानीय समूदायबीच आपसी सदभाव अभिवृद्धि गर्नको लागि आगामी ०८ अक्टुवरमा गरिने १० किलोमीटर रन र २ किलोमीटर फन रन, लागुऔसध एव मादक पदार्थ दुर्व्यसन शिक्षा विषयक भावी कार्यक्रम, भेट्रान विषयक गतिबिधि, स्थानीय काउन्सिल र प्रहरीसंगको त्रैमासिक बैठक, नेपाली नयाँवर्ष,भिक्टोरिया डे, नारिदिवसका अवसरमा गरिने कार्यक्रम, कम्युनिटी भवन, नेपाली कक्षा, ट्रष्टी लगायत विषयमा महत्वपूर्ण निर्णय गर्दै बैठकले सल्लाहाकारको समेत टुंगो लगाएको छ भने सम्पूर्ण सल्लाहाकारहारुलाई आगामी ३१ अगष्ट २०१७ साँझ १८.३० बजे रशमोर ब्रो काउन्सिलको चेम्बर हलमा स्वागत गर्ने कार्यक्रम रहेको छ । कम्युनिटी भवन र नेपाली कक्षा विषयको संयोजकमा निवर्तमान अध्यक्ष ओम थापालाई संयोजक तोकिएको छ भने उनको सहयोगार्थ उपाध्यक्ष नेम थापा, क्याप्टेन राजु गुरुङ, क्याप्टेन महेन्द्र लिम्बु र हर्क गुरुंगलाई तोकिएको छ । उक्त बैठकलाई सफल बनाउन अनौपचारिक रुपमा पटक पटक पदाधिकारी बैठक बसी पूर्व तयारी गर्नाले बैठक अत्यन्तै सौहाद्र र सफल रहेको कुरा बरिष्ठ उपाध्यक्ष एवं भेट्रान फण्ड तथा नेपाली नयावर्ष कार्यक्रमका संयोजक राम धन राइले बताए । संस्थाका सबैजसो सदस्यहरू सहभागी उक्त बैठकमा नयाँ मनोनित सांस्कृतिक सचिव दिनेश गुरुङ, सदस्य जुमकाजी गुरुङ, धुर्ब राइ, जगना गुरुङ र हर्क गुरुंगलाई अध्यक्ष जीव बेलबासे र निवर्तमान अध्यक्ष ओम थापाले खादा ओढाई स्वागत गरेका थिए । बैठक संचालन महासचिव मान गुरुंगले गरेका थिए भने सचिव युवन गुरुंगले सम्पूर्ण प्रस्ताव र निर्णयहरुलाई लिपिबद्ध गरेका थिए।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।