Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, गत आइतबारका दिन लन्डनस्थित साउथ ह्यार्रोको माया पबमा एक कार्यक्रमको आयोजना गरी विश्व एथलेटिक्स च्याम्पिएनसीपको म्याराथनमा भाग लिन नेपालबाट आएका धावक भूमिराज राईलाई सम्मान तथा हौसला प्रदान गरिएको छ । हाल नेपाल पुलिस क्लबसँग आवद्ध २९ वर्षीय राई नेपालमा ५ पटक राष्ट्रिय च्याम्पियन बनिसकेका छन् । गत आइतबार ४२.१९५ किमी म्याराथन दौडने क्रममा आफले लगाएको जुताका कारण दौडने क्रममा घाइते भएपछि ३७ किलोमीटरको दुरीमा नै राईले आफ्नो दौड स्थगित् गरी व्ह्वील चियरको सहारा लिन बाध्य भएका थिए । २ घण्टा १६ मिनेटमा दौड पूरा गर्ने अवस्थामा पुग्दै गर्दाको अवस्थामा भोग्नु परेको आकस्मिक पीडाले आफू निकै निराश भएको बताउँदै आफूले अँझै पनि हार नखाएको बताएका थिए । राम्रालाईभन्दा हाम्रालाई बढी प्रथामिकता दिने देशको प्रवृतिले गर्दा हरेक क्षेत्रमा नेपालीहरुले असफलता भोग्नुपरेको गुनासो पनि धावक राइले पोखेका थिए । त्यस्तैगरी धावक राइसँगै आएका नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले पनि देशमा हुने गरेका खुट्टा तान्ने प्रवृतिप्रति आक्रोश पोखेका थिए । यसपटकको म्याराथनमा विश्वका ९९ खेलाडी मध्ये २९ जनाले विभिन्न कारणले बीचमै दौड छाडेकोले आफू पनि आश्चर्यमा परेको बताएका । सिद्धार्थविक्रम क्षेत्री, सन्तोष राई र बीरेन खड्काले आयोजना गरेको उक्त स्वागत तथा सम्मान कार्यक्रममा एनआरएनए आइसीसी सल्लाहकार मेजर रिटायर्ड डमर घले, नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति युवराज गुरुङ, यती कार्यवहाक अध्यक्ष शशीधर नेपाल, व्यवसायी प्रवेश केसी, ग्रयाण्ड मास्टर एनजे गुरुङ, पत्रकारहरू नवीन पोखरेल, चिरन शर्मा, आर के त्रिपाठी लगायतले लगायतले धावक भूमिराज राई र महासचिव सुनिल राजबंशीलाई स्वागत गरेका थिए । एनआरएनए आइसीसी सल्लाहकार मेजर रिटायर्ड डमर घलेको कार्यक्रमको प्रमुख आतिथ्यमा सिद्धार्थ विक्रम क्षेत्रीले कार्यक्रमको संचालन गरेका थिए । बाँकी फोटो हेर्न याहाँ क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।