Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, हिन्दू नारीहरुको महान पर्व तीजको अवसर पारेर बेलायतको साउथ इष्ट लण्डनमा बसोवास गर्ने महिलाहरुले गत अगष्ट ५ तारिख शनिबारका दिन प्लमस्टिडडमा तीज विशेष कार्यक्रमको आयोजना गरेका छन् । गत वर्ष पनि साउथ इष्ट लन्डनका महिलाहरुले तीज कार्यक्रम भव्यताका साथ् सम्पन्न गरेका थिए । साउथ इष्टको लन्डनको रेडिकल क्लबमा आयोजना गरिएको सो तीज कार्यक्रममा महिला मात्र नभएर पुरुषहरुको पनि सहभागीता रहेको थियो । माइतीहरूद्वारा चेलीलाई दर खुवाउने परम्परा रहँदै आएको हुँदा सम्पूर्ण दाजुभाइहरुलाई समेत निमन्त्रणा गरिएको सो कार्यक्रमको संयोजन साउथइष्ट लन्डनमा बसोबास गर्ने महिलाहरुको संयुक्त प्रयासमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपालबाट आएका कालाकार्द्व्य चन्दा कार्की र याम क्षेत्रीले तीज लगायत दोहोरी गीत गएर मनोरंजन दिलाएका थिए भने विभिन्न व्यक्ति व्यावसायीहरुद्वारा प्रायोजन गरिएको उपहार सहितको लक्की ड्राको पनि व्यवस्था गरिएको थियो । कार्यक्रममा सबैभन्दा वृद्ध तथा शारीरिक रुपमा असक्त रहेका महिलाहरुद्वारा पानसमा बत्ती बलि कार्यक्रमको सुभारम्भ गरिएको थियो । झन्डै दुई सयको हाराहारीमा सहभागिता रहेको उक्त तीज कार्यक्रममा विभिन्न नयाँ पुराना तीजका गीतहरू लगायत अन्य चर्चित गीतहरू बजाएर डीजे हेम बिष्टले मनोरंजन दिलाएका थिए । तेस्तैगरि नमस्ते रेष्टुरेन्टले खानपानको प्रबन्ध गरेको थियो । बाँकी फोटो हेर्न यहाँ क्लिक गर्नुहोला