Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन,बेलायतमा बसोबास गर्दै आएका गुल्मी जिल्लावासीहरुद्वारा संगठित गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट यसपटक पनि भव्यताकासाथ सम्पन्न भएको छ । आफ्नो स्थापनाकालको दशौँ वर्षमा प्रवेस गरेको गुल्मी समाज यूकेले बेलायतस्थित अल्डरसटको कनट स्कुल विविध सांस्कृतिक प्रस्तुति लगायतका मनोरञ्जनले नेपाली गाउँ घरकै मेलाको झझल्को दिएको थियो । पूर्व कानुनमन्त्री हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे विशेष अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा एनआरएन यूरोप संयोजक कुल आचार्य, एनआरएन यूके उपाध्यक्ष शान्ति थापा, पर्यटन बोर्ड यूकेका मानार्थ दूत पशुपति भण्डारी, पर्वत समाजका दधि आचार्य, ग्रेटर रशमोर नेपाली कम्युनिटीका जिव बेलबासे लगायत धरै अतिथि सहभागी थिए ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य समाजका उपायक्ष एवं कार्यक्रम आयोजक समितिका संयोजक टोप पल्लीले तथा हेल्थ एन्ड सेफ्टीबारे समाजका सचिव वीर बलालले जानकारी दिएका थिए । समाजका महासचिव शिव भण्डारी तथा मञ्जु खरेलले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष फडिन्द्र भट्टराईले धन्यवाद व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि पूर्व कानुनमन्त्री न्यौपाने, एनआरएन यूरोप संयोजक कुल आचार्य, नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वअध्यक्ष अर्जुन गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
पूर्वमन्त्री न्यौपानेले आफूलाई गुल्मीमै भएको आभाष मिलेको बताए । ‘मलाई गुल्मीमै रहेको अनुभूति भएको छ,’ उनले भने, ‘समाजले मलाई गरेको सम्मान गुल्मी मै लिएर जानेछु ।’ कार्यक्रममा स्थापनाकालदेखिका अध्यक्ष, उपाध्यक्ष एवं वरिष्ठ समाजसेवीहरुले केक काटेर संस्था स्थापनाको दसौं वार्षिकोत्सव भब्य रुपमा उद्घाटन गरियो । कार्यक्रममा स्नातक उत्तीर्ण गर्ने समाजका सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रमको दोस्रो चरणमा गायक सन्तु थापा, रुपा घर्तीमगर, याम क्षेत्री, बलराम पुन, राजु ढकाल, जानकी तारामी मगर जमुना राना सहितले सांगीतिक प्रस्तुति गरेका थिए । मौसमलेसमेत साथ दिएकाले ठूलो संख्यामा उपस्थित गुल्मेलीहरु खुला चौरमा बसेर तीज, झ्याउरे, पञ्चे बाजामा रमाएका थिए । गुल्मेली नौमती बाजा कार्यक्रमको प्रमुख आकर्षण रह्यो । उक्त कार्यक्रममा भेटघाट रेस्टुरेन्टले खानाको प्रवन्ध गरेको थियो । अन्य फोटोको लागि यहाँ क्लिक गर्नुहोला ।
फोटो- गोर्खा रेडियो / एक्सप्रेस स्टुडियो
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।