दर खाने दिनदेखि पंचमी सम्म नचाउदै गायिका सुनिता दुलाल

गोर्खा रेडियो, हिन्दू नारीहरुले परापूर्वकालदेखि मनाउंदै आएको अनि हिजोआज सबै महिलाहरुको प्रिय बन्न सफल चाड तीज आउन अब एक महिना भन्दा पनि कम छ । तर तीजको रौनक भने निकै अगाडीदेखि नै शुरु भैसकेको छ । नेपाली कलाकारहरुले पनि तीजको गीतको अवसर पारेर थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । तीजको गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अनि देश विदेशमा समेत निकै लोकप्रिय बन्दै आएकी गायिका सुनिता दुलालले भर्खरै मात्र आफ्नो तीजको गीत सार्वजनिक गरेकी छन् । उनले आफ्नो “ दर खाने दिन” नामक एल्बमको सार्वजनिक गरेकीछन् ।

लाउन रातो लाए पनि हेर्दा छुट्टा छुट्टै
कोइको देख्न सादा सादा कोइको बुट्टा बुट्टा
कतै राता जामा कुर्था कतै राता सारी
नाच्न गाउन तयारीमा बसेका छन नारी
हे नाच्न पर्छ,नाच्न पर्छ छम्म छम्म छम्म
दर खानि दिन देखी पञ्चमी सम्म ।

कुमार बिबहितको शब्द, बी बी अनुरागीको संगीतमा गायिका सुनिता दुलालको स्वरमा सजिएको “ नाच्नुपर्छ” बोलको म्यूजीक भीडीयो सुनिता दुलालको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ | म्यूजिक भीडियोमा गायिका स्वयं अनि राधा लम्सालको अभिनय हेर्न पाइनेछ भने गोबिन्द राईको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको उक्त म्यूजिक भीडीयोमा मधुर बस्नेतको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ |

तीजको गीत हेर्नुहोस ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित