योगकुमार फगामीद्वारा एनआरएन यूकेको अध्यक्ष्यमा उमेदवारीको घोषणा

लन्डन– आउदो ९ सेप्टेम्वरमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अधिवेसनको लागि वर्तमान उपाध्यक्ष योगकुमार फगामीले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा म्याग्देली समाज, मगर समाज यूकेका प्रतिनिधीको उपस्थितीमा एक पत्रकार सम्मेलन मार्फत योगकुमार फगामीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । फगामी एनआरएन यूकेमा दुई पटक साधारण सदस्य तथा एकपटक महासचिव र वर्तमान कार्यसमितिमा उपाध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । १७ वर्षसम्म ब्रिटिश सेनामा काम गरिसकेका फगामी म्याग्दीको साविकको बेगखोला गाविस हाल रघुगंगा गाउँपालिकामा जन्मिएका हुन् । विगत १५ वर्षदेखि सपरिवार बेलायतमा बस्दै आएका फगामीले आमाको आशिर्वात थाप्दै आफूले उमेद्वारी घोषणा गरेको बताएका थिए । नेपाल, नेपालीपन र नेपाली मनलाई नेपाली कला र संस्कृतिको धनी देशकारुपमा चिनाउनको लागि आफ्नो उम्मेदवारी दिएको उनले बताएका छन् । फगामीले नागरिकताको निरन्तराको अभियान, समृद्ध नेपाल निर्माण गर्ने, पर्यटन तथा लगानी भित्र्याउने लगायतको चुनावी मुद्धा अगाडी सारेका छन् । उनले गैरआवासीय नेपाली संघको नागरिकता बचाउ अभियानका लागि ५० हजार पाउण्डको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुका साथै गोरखामा निर्माणाधिन लाप्रपाक नमूना बस्तीमा र एनआरएन भवनको लागि सहयोग थप्ने प्रतिबद्धता जनैका छन् । कार्यक्रमको संचालन रमेश सराङकोटीले गरेका थिए भने कार्यक्रममा शान्ति थापा, नेम थापा, अमर मल्ल, ओमप्रसाद थापा, प्रकाश गुरुङ, राम गलामी, छविमाया पुन, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपांगी मगरलगायतले शुभकामना दिएका थिए । पत्रकार सम्मेलनमा मोनाका केन्द्रीय अध्यक्ष योगन क्षेत्रीले समेत शुभकामना दिए । एनआरएन यूकेको आगामी अध्यक्ष्य पदको लागि कृष्ण तिमल्सेना र हिराधन राईले उम्मेदवारी घोषणा गरिसकेका छन भने अन्य पदहरुका लागि पनि उमेदवारीको घोषणा गर्ने क्रम जारी नै रहेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित