लन्डन, । गत शनिबार लन्डनको नर्थफिल्डस्थित काठमाडौं रेस्टुरेन्टमा भएको एक पत्रकार भेटघाटमा बक्स अफिस इन्टरनेशनल ग्रुपद्वारा “पृथ्वी परिक्रमा अवार्ड २०७४” को घोषणा गरिएको छ । इन्टरनेशनल ग्रुपका अध्यक्ष्य आर के सुवेदीका अनुसार संयुक्त राष्ट्र संघद्वारा मान्यता प्राप्त २९६ देशबाट अवार्ड प्रदान गरिने र सुर्योदयको देश जापानबाट शुरुवात हुनेछ । तेस्तैगरि सबैभन्दा सानो मुलुक भुटानमा गएर अन्त गरिनेछ ।
आगामी २० वर्षभित्र अवार्डको आयोजना गरि पृथ्वीलाई परिक्रमा गर्ने तथा संख्या हेरी ५ देखि ५१ जना सम्मलाई अवार्ड प्रदान गरिने लक्ष्य रहेको सुवेदीले बताएका छन् । विदेशमा बसेर आफ्नो देशको कला संस्कृति, भाषा र सामाजिक विकासका लागि निस्वार्थ योगदान दिने व्यक्तिलाई अवार्ड प्रदान गरिने सुवेदीले जनाए । आगामी नोभेम्बर महिनामा बेलायतमा हुने कार्यक्रममा अवार्डको आयोजना गरिने भएको ।
सुवेदीको संस्थाले दश वर्षयता बक्स अफिस फिल्म फेयर अवार्ड गर्दै आएको छ । विशेषगरि नेपाली कला, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य, कानुन लगायत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलाई अवार्ड प्रदान गरिने पनि सुवेदीले बताएका छन् । उक्त संस्थाको हक हित तथा कानुनी परामर्शका लागि राजु थापा, प्रचारप्रसारका लागि नवीन पोखरेल, शिव भण्डारी, एभरेष्ट गौतम र सुरेस श्रेष्ठद्वारा सहयोग गरीने भएको छ ।
फोटो – एभेरेष्ट गौतम
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।