Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लण्डन । नेपालीहरु विदेशमा हुन् या स्वदेश जहाँ भएपनि प्राय कुनै न कुनै चुनावी प्रक्रियामा लागिरहेका हुन्छन । चाहे त्यो राजनैतिक संस्था होस्, जातीय संस्था होस् या त अन्य कुनै पनि संगठनसंग सम्बन्धित नै किन नहोस, निर्वाचनको ठूलै खैलाबैला र प्रतिस्पर्धा चल्ने गर्दछ । चुनावी अन्तिम प्रतिस्पर्धासम्म नपुगे पनि उमेद्वारी दर्ता गरेर मिडियामा हलचल मच्चाउनेको संख्या पनि कम छैन । त्यसतैगरि यतिखेर विभिन्न देशमा एनआरएनको चुनावको सीलशिलामा उमेद्वारी घोषणाको ओइरो लाग्न थालेको छ । आउदो सेप्टेम्बरमा हुन गैरहेको सातौँ अधिवेशनका लागि गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्षमा सुशीला राईले आफ्नो उम्मेदवारीको घोषणा सार्वजनिक गरेकी छन् । यहि शनिवारका दिन लन्डनको फेल्थामस्थित गोर्खा दरवारमा सम्पन्न पत्रकार भेटघाटमा राईले आफ्ना ६ बुंदे प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेकी हुन् । करीब एक दशकदेखि बेलायतमा बसोवास गर्दै आएकी राई एनआरएनए बेलायतको महिला संयोजक, प्रवासी नेपाली मञ्च बेलायतको जिल्ला कमिटी सदस्य, आदिवासी महिला महासंघ बेलायतको कोषाध्यक्ष, संखुवासभा जिल्ला समाज कार्यसमितिको सदस्य जस्ता पदहरुमा रहेर प्रशस्त अनुभव बटुलिसकेकी छन । यसका साथै आफू नेपालमा रहंदा गोर्खा भूपू सैनिक संघ महिला अभियान जिल्ला कार्य समिति मोरंगको संस्थापक अध्यक्ष, किरात राई यायोख्या नगर प्रारम्भिक कार्यसमिति सदस्य, सुम्निमा सांस्कृतिक परिवार बिराटनगरको सदस्य, महिला क्षमता विकास केन्द्र सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष, एबीसी नेपाल बिराटनगरको सदस्य, मकालु यातायात सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको सदस्य, सामुदायिक फोहोर मैला व्यवस्थापन समितिको सदस्यजस्ता दर्जनौं संघ संस्थामा रहेर सामाजिक क्षेत्रमा प्रशस्त योगदान पुर्याउदै आएकी छन् । विशेषगरि महिला सक्रियतालाई बढि जोड दिने उद्देश्यकासाथ् विभिन्न लक्ष्य लिएर आफूले उमेद्वारी दिएको बताउंदै राईद्वारा जारी प्रतिबद्धता यसप्रकार रहेको छ ।
आधा आकाशका रुपमा रहेका महिला दिदी बहिनीहरुलाई उनीहरुको रुची, चाहना र क्षमता अनुसार विभिन्न जिम्मेवार भूमिकामा आवद्ध गर्दै उनीहरुको नेतृत्व विकास गर्ने मेरो लक्ष्य रहेको छ । हामी गैर आवासीय नेपाली महिलाहरुलाइ नेपाल सरकारबाट भन्सार सुविधा दिलाउन पहल गर्ने ,नेपाली मौलिक रीतिरिवाज धर्म संस्कारका बारेमा नयाँ पुस्तालाई जानकारी गर्ने गराउने मेरो भावी कार्ययोजना छ ।
पत्रकारज्यू एवं उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक नमस्कार,
सर्वप्रथम मेरो निमन्त्रणालाई स्वीकार गरि उपस्थित भइदिनुभएकोमा सम्पूर्ण पत्रकारज्यूहरुलाई म अन्तरहृदयबाट नै हार्दिक स्वागत एवं धन्यवाद ज्ञापन गर्दछु । बेलायतका सम्पूर्ण पत्रकारज्यूहरु, मेरा आफन्त र शुभचिन्तकहरुको उपस्थितिले यो क्षणमा म आफूलाई निकै नै भाग्यमानी महशुश गरिरहेकी छु । र, यो खुशीको विशेष क्षणमा म यतिबेलामरोहजुरबुवातथासातसालकोजनक्रान्तिकानायकस्वर्गीयरामप्रसादराइर्लाई स्मरण गर्न चाहान्छु । उहाँको गौरवमय इतिहास र प्रेरणाले नै मलाई निरन्तर अघि बढ्ने हौसला मिलिरहेको छ । अग्रजहरुको प्रेरणा र तपाई वेलायतवासीहरुको माया ,विश्वास, साथ सहायोगको कारण नै म आज गैर आवासीय नेपाली संघ बेलायतको आगामी सेप्टेम्बर १ मा हुन लागिरहेको सातौं राष्ट्रि महाधिवेशनमा गैर आवासीय संघ युके महिला उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दैछु । म सन् २००७ जुलाई १३ देखि सपरिवार वेलायतको अल्डरसटमा बस्दै आएको छु । यसवीचमा मैलै एनआरएन बेलायतको महिला संयोजक,प्रवासी नेपाली मञ्च बेलायतको जिल्ला कमिटीको सदस्य,आदिवासी महिला महासंघ बेलायतको कोषाध्यक्ष,संखुवासभा जिल्ला समाज कार्यसमितिको सदस्य जस्ता पदहरुमा वसी आफ्नो जिम्मेवारी निर्वाह गरेको यहाहरुमा सर्वविदितै छ । त्यतिमात्र होइन मैले मेरो मातृभुमि नेपालमा रहदा देखि नै महिलाहरुमाथि भएका अन्याय अत्याचारका विरुद्ध सशक्त आवाज उठाउदै आएको छु । चाहे त्यो चेलीबेटी बेखबिखनविरुद्धको अभियानमा होस् या महिलाहरुको आयस्रोत बढाउन बचत कार्यक्रम संचालन गर्ने कार्यमा होस मैले सकेको सहयोग गर्दै आएको हु । म विगतदेखि अहिलेसम्म पनि महिला सशक्तिकरणका लागि सधैँ सक्रिय रहँदै आएको छु । म नेपालमा रहँदा पनि निरन्तर रुपमा सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील रहँदै आएको थिएँ । त्यस सिलसिलामा मैले गोरखा भूपू सैनिक संघ महिला अभियान जिल्ला कार्य समिति मोरबको संस्थापक अध्यक्ष, किरात राई यायोख्या नगर प्रारम्भिक कार्यसमिति सदस्य, सुम्निमा सांस्कृतिक परिवार विराटनगरको सदस्य, महिला क्षमता विकास केन्द्र सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष, एबीसी नेपाल विराटनगरको सदस्य, मकालु यातायात सहकारी सस्ं था लिमिटडे को सञ्चालक समितिको सदस्य, सामुदायिक फाहे ारे मलै ा व्यवस्थापन समितिको सदस्यजस्ता दर्जनौ संघ संस्थामा रहेर काम गर्ने अवसर पाएको थिए । ती सबै भुमिका र अनुभवले मलाई थप परिपक्व मात्रै बनाएन सामाजिक क्षेत्रमा कार्य गर्नका लागि थप आट हौसला र प्रोत्साहन पनि मिल्यो । त्यसैले त आज म यहाहरुसमक्ष उपाध्यक्ष पदमा रहेर काम गर्ने इच्छा जाहेर मात्र गरिरहेको छैन त्यो साहस पनि गरिरहेको छु । यो उल्लासमय पावन अवसरमा मेरो यो घोषित उम्मेदवारी तपाईंहरुको लोकप्रिय मिडियामार्फत देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमाझ पुग्नेछ भन्ने विश्वास लिएको छु । यसका लागि यहाँहरुलाई धन्यवाद दिँदै गैर आवासीय नेपाली संघ युकेको सातौं राष्ट्रिय महाधिवेशनमा महिला उपाध्यक्षका लागि मेरो सशक्त उम्मेदवारी किन त भन्ने बारेमा म थप केहि प्रष्ट पार्न चाहान्छु ।
१. म अहिले वर्तमान कार्यसमितिमा महिला संयोजकको रुपमा सक्रियतापूर्वक कार्य गरिरहेको सर्वविदितै छ । मैले सन् २००७ देखि नै यो संस्थामा प्रत्यक्ष परोक्ष रुपमा संलग्न रही योगदान पु-याउदै आएको छु । वर्तमान कार्य समितिमा महिला संयोजकको
भूमिकाले गर्दा संस्थालाई आगामी दिनमा उत्तरोत्तर प्रगति गराउन मभित्र आत्मविश्वास मात्र होइन पर्याप्त अनुभव समेत रहेको छ ।
२. आधा आकाशका रुपमा रहेका महिला दिदी बहिनीहरुलाई उनीहरुको रुचि, चाहना र क्षमता अनुसार विभिन्न जिम्मेवार भूमिकामा आवद्ध गर्दै उनीहरुको नेतृत्व विकास गर्ने मेरो लक्ष्य रहेको छ ।
३. म बेलायतमा स्थापित नेपालीका अन्य जातीय, क्षेत्रीय सामाजिक संघ÷संस्थामा आवद्ध महिलाहरुसँग अन्तरक्रिया, छलफल तथा सहकार्यलाई अगाडि बढाउदै लानेछु ।
४. गैर आवासीय नेपाली संघ बेलायतस्थित सम्पूर्ण नेपाली समुदाय सामु पुग्न नसकिरहेको यस अवस्थामा ती समुदायका महिला सदस्य तथा नेतृत्वसँग सहकार्य गर्दै भविश्यमा गैर आवासीय नेपाली संघलाई विशाल रुपमा विस्तार गर्ने मेरो योजना छ।
५. हामी गैर आवासीय नेपाली महिलाहरुलाइ नेपाल सरकारबाट भन्सार सुविधा दिलाउन पहल गर्ने ,नेपाली मौलिक रीतिरिवाज धर्म संस्कारका बारेमा नयाँ पुस्तालाई जानकारी गर्ने गराउने मेरो भावी कार्ययोजना छ ।
६. त्यस्तै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपाललाई विश्वसामु चिनाउँदै बेलायतबासी नेपाली नयाँ पुस्तालाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने मेरो उदेश्य रहेको छ ।
यसैकारण आउँदो कार्यसमितिमा मैले मेरो सशक्त भूमिका आवश्यक हुने महसुस गरी मैले महिला उपाध्यक्षको उम्मेदवारी घोषणा गरेको हु । त्यसको लागि यहाहरु सबैको साथ र सहयोग रहने मैले दृढ विश्वास लिएकी छु । यतिबेला मेरा आफन्त, परिवार तथा
शुभचिन्तकहरुको साथ सहयोग र समर्थनले मलाई थप ऊर्जा प्रदान गरेको महसुस गरेको छु । अन्तमा उपस्थित सम्पूर्ण पत्रकारज्यूहरुलाई पुनः धन्यवाद दिँदै आगामी दुई वर्षे कार्यकालमा पनि तपाईंहरुसँग सहकार्य गर्दै जाने उत्कट अभिलाषा रहेको जानकारी गराउदछु । फोटो- फेसबुक
सुशीला राई
उम्मेदवार महिला उपाध्यक्ष,
गैर आवासीय नेपाली संघ युके सातौं राष्ट्रिय महाधिवेशन
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।