पत्रकार चिरन शर्मा एनआरएन आइसीसी तर्फ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लण्डन । गैरआवासीय नेपाली संघ युकेको अधिवेशन सेप्टेम्बर ९ तारिखमा हुने भएपछि यतिखेर बेलायतमा एनआरएनको उम्मेदवारी बारे चर्चा बढ्न थालेको छ। मिडियाकर्मीहरुले पनि उम्मेदवारी दिने भएपछि यसले सबैको ध्यान खिचेको छ। बेलायतमा लामोसमयदेखि सक्रिय पत्रकारिता गरिरहेका संचारकर्मी चिरन शर्माले एनआरएन अन्तराष्ट्रिय परिषद (आइसीसी) को सदस्यका लागि र फोटो पत्रकार वीरेन्द्र श्रेष्ठले एनआरएन यूकेको युवा संयोजनकका रुपमा उम्मेदवारी दिने भएका छन्। गैरआवासीय नेपाली संघको विषयमा अव्वल शर्मालाई कतिपयले संघको भावी प्रवक्ताको रुपमा समेत हेरेका छन् । संचारकर्मी शर्मा करिब डेढ दशकदेखि गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतमा सक्रिय छन्। उनी पत्रकार महासंघ यूके शाखाका भूतपूर्व सभापति पनि हुन्। बाग्लुङ, अमलाचौरका शर्मा हाल लण्डनबाट नागरिक दैनिकमा संलग्न छन्। उनले विगतमा एनआरएन यूरोपका क्षेत्रीय बैठकमा मिडिया संयोजक भइ महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार रहेका शर्माले संगठनको केन्द्रीय नीति तथा अनुगमन समितिको सदस्यका रुपमा पनि योगदान गर्दै आएका छन्। शर्मालाई केन्द्रिय प्रवक्ताका रुपमा हेरिएको छ , ‘एनआरएन अभियानसँगको लामो अनुभव र सक्रियताको कारणले पनि म गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (आइसीसी) को सदस्यका लागि आगामी अधिवेसनमा उम्मेदवारी दिने निचोडमा पुगेँ,’ उनले भने, ‘देशमा मिडियामा लगानी बढाउन र सामाजिक कार्यलाई सक्रिय रुपमा अगाडि बढाउन उपयुक्त कार्ययोजनाहरु बनाउन सक्छौँ, त्यसैले मेरो उम्मेदवारीप्रति सबै सकरात्मक हुने आशा राखेको छु। यसै बीच गैरआवासीय नेपाली संघ (एनआरएन) को १० औँ युरोपेली क्षेत्रीय बैठक जुलाईको २९ देखि ३१ सम्म जर्मनीमा हुने भएको छ। बैठकका लागि सबै तयारी भइसकेको एनआरएन यूकेका पदाधिकारीहरुले जनाएका छन्।युरोपका २७ ओटा देशका एनआरएन प्रतिनिधिहरुले सो बैठकमा भाग लिँदै छन्। बैठकमा युरोपका सबै देशका नेपाली राजदूतहरु नेपालको प्रतिनिधित्व गर्दै जर्मनी जाने भएका छन्।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित