Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, यहि जुलाई ९ तारिख आइतवारका दिन लन्डनको साउथहलस्थित विश्व हिन्दू मन्दिरमा पशुपति केन्द्र लण्डनको आयोजनामा एक विशेष कार्यक्रमकासाथ् गुरु पूर्णिमा भव्य रुपमा मनाइएको छ । उक्त कार्यक्रममा नेपालको देवघाटस्थित गलेश्वर विद्यापीठ आश्रमबाट आउनुभएका स्वामी श्री महामंडलेश्वर अनन्त विभूषित १००८ आत्मानन्द गिरीजीलाई पशुपति केन्द्रका संयोजक श्री गोविन्द नेपाल र महासचीव दुर्गा प्रसाद पोखरेलद्वारा अभिनन्दन तथा प्रमाणपत्र वितरण गरिएको थियो । तेस्तैगरि स्वामीजीलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा दोसल्ला तथा समाजसेवी महन्त श्रेष्ठद्वारा माल्यार्पण गरि अभिनन्दन गरिएको थियो । मन्दिरका अध्यक्ष्य सुदर्शन भाटियाले पनि स्वामीजीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । पशुपति केन्द्रका संयोजक गोविन्द नेपालद्वारा अभिनन्दन पत्र समर्पण गरिएको थियो । संस्थाका महासचिव दुर्गाप्रसाद पोखरेलद्वारा संचालित सो कार्यक्रममा बेलायतवासी पण्डितहरु, समाजसेवी, भक्तजन लगायतका झन्डै दुई सय जति बेलायातवासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वामीजीबाट आशिर्वाचन, सत्संग आध्यात्मीक प्रवचन गरिनुका साथै गुरु पूर्णिमा र गुरुको महत्वको बारेमा प्रकाश पारिएको थियो । साथै अर्को पटक पशुपति केन्द्रमा नै कार्यक्रम गर्ने अवसर प्राप्त होस भन्ने कामना गर्दै स्वामीको तर्फबाट सम्पूर्ण बेलायातवासीहरुलाई आशिर्वात तथा शुभकामना ब्यक्त गरिएको थियो । राजदूत डा. सुवेदीले पनि नेपाल सरकार र दूतावासको तर्फबाट गुरु पूर्णिमाको शुभकामना दिंदै आफ्नो तर्फबाट सक्दो सहयोग र समर्थन रहने आश्वासन ब्यक्त गरेका थिए । शुभकामना तथा अभिनन्दन पश्चात स्व. स्वामी डा. रामानन्द स्वामीजीको स्मृतीमा एक मिनेट ॐ नमशिवाय पन्चाक्षेरी मन्त्र पाठ गरीएको थियो । सोहि अवसरमा संकलित रकम रु. १ लाख पन्ध्र हजार ( आठ सय पचास पाउण्ड) संयोजक गोविन्द नेपाल र दुर्गा प्रसाद पोखरेलको हातबाट गलेश्वर आश्रमलाई स्वामीजीलाई हस्तान्तरण गरियो । दिउसोको ३ बजेबाट शुरु गरिएको सो कार्यक्रममा आरती पश्चात प्रसाद एवं प्रिती भोजको ब्यबस्था गरिएको थियो । निकट भविष्यमा चाडै स्थापना गर्न लागिएको पशुपति केन्द्रका लागि सबैको सहयोगको अपेक्ष्याकासाथ् स्वामीजीको आशिर्वातले पूर्णता पाउनेमा आफू आशावादी रहेको संयोजक पण्डित गोविन्द नेपालको धारणा रहेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।