जीव बेलबासे,
लण्डन । यहि अगष्ट ६ तारिखका दिन ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर बरो काउन्सिलको संयुक्त पहलमा स्थानीय नेपाली समूदायलाई लक्षित गरि हाउजिङ्ग सम्बन्धि बिषयमा अनुशिक्षण तालिम दिइएको छ । गत वर्षदेखि नेपाली समूदायुलाई बेलायती संस्कार, चलन चल्ती, नियम कानून, उठ्बस लगायतका बिषयमा जानकारी दिने उदेश्यले सो तालिम दिदै आइएको छ । नेपाली तथा स्थानीय समूदायबीचमा आपसी सकारात्मक पारास्पारिकताको विकास गर्ने उदेश्यकासाथ हरेक तीन महिनामा कुनै एक विधामा केन्द्रित रही उक्त तालिम दिने प्रचलन छ । रशमोर बरो काउन्सिलमा विहीवार सम्पन्न हाउजिङ्ग सम्बन्धि तालीमा घरधनीका हक अधिकार र कर्तब्य अनि घर भाडामा लिने पक्षको हक अधिकार र कर्तब्यबारेमा कानूनी जानकारी गराइएको थियो । उक्त अनुशिक्षणमा काउन्सिलका कम्युनिटी डेभलपमेन्ट मेनेजर लुइस वेभर, रशमोर हाउजिङ्गका हिलारी स्मिथ अनि टीम, शिला लिम्बु अनि ग्रेटर रशमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा, सम्पूर्ण पदाधिकारीहरु, सल्लाहाकारहरुले सहयोग गरेका थिए । करिब २५ जना नेपाली नेतृत्व बर्गको सहभागिता रहेको उक्त कार्यक्रमको दोस्रो चरणमा ग्रेटर रशमोर कम्युनिटीका काउन्सिल संयोजक नेम थापाको पहलमा हम्शायर काउण्टी काउन्सिल लोकल फ्री ड्रग्स एण्ड अल्कोहल सर्भिसका माइक न्युमेन र उनको टिमले ड्रग्स एण्ड अल्कोहल एब्युस र यसबाट समूदायका बच्चा, युवा एवं बुढा बुढीहरु समेतमा पर्न जाने नकारात्मक असर तथा निराकरणका उपाय बिसयमा तालिम दिइएको थियो भने यस बिषयमा ग्रेटर रशमोर नेपाली कम्युनिटीसंगको सहकार्यमा निरन्तर रुपमा तालिम दिइने कुरा नेम थापाले बताए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।