Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो, आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी पर्वलाई हिन्दू धर्मावलम्बीहरुली विशेष रुपमा मनाउने गर्दछन । निराहार व्रत बसी वैज्ञानिक रुपमा पनि बढी अक्सिजन दिने भनी प्रमाणित भएको मानव स्वास्थयको लागि पनि औषधिको रुपमा प्रयोग हुने तुलसीको विरुवालाई रोपर चार महिनासम्म विधिपूर्वक पूजा गरिन्छ । यि चार महिनासम्म व्रत बस्नेले केहि विधिहरुको पनि पालना गर्नुपर्ने हुन्छ, जसअनुसार साउनमा साग, भदौमा दही, असोजमा दुध र कात्तिकमा दुई दल भएर उम्रने चीजबीज खानु नहुने उल्लेख छ । चतुर्मासको रुपले पनि चिनिने यो चार महिनामा तुलसीको पूजा गरेमा मनोकामना पूरा हुने धार्मीक आस्था रहेको छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नुहुने भएकाले त्यसदिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिने प्रचलन रहेको छ । वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशना गर्ने दिनका रुपमा लिइन्छ । यहि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु सुरु हुने गर्दछन । चर्तुमाशभरि कुनै पनि मङ्गल कार्य जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने गरिएको भनाइ पनि छ । वर्षभरीका चौवीस एकादशीमध्य असार शुक्ल र कात्तिक शुक्ल एकादशीलाई ठूली एकादशीका रुपमा लिइन्छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।