Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, प्रवासी नेपाली मंच बेलायतको आइतवार सम्पन्न मंचको चौथो अधिवेसनको बन्दसत्रले मंचको अध्यक्षमा राजेन्द्र पुडासैनीलाई निर्विरोध चयन गरेको छ । बेलायतस्थित नेकपा एमालेको भात्रृसंस्था प्रवासी नेपाली मंचको अध्यक्ष्य पदमा आंगकलजंग लामाले पनि दावी गरेतापनि अन्तमा पुडासैनी निर्विरोध रुपमा चयन भएका हुन् । महिला उपाध्यक्षमा पदमा पनि सरस्वती केसी निर्विरोध चयन भएकीछन भने अन्य उपाध्यक्षमा नारद भण्डारी, धन बहादुर क्षेत्री, रामजी बराल, कुमार केसी चयन भएका छन् । सचिवमा हेम लिम्बु, डासु पाण्डे निर्विरोध भएका छन् ।
ओ एन एफ जस्तो गरिमामय संस्थाको अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने नेकपा एमालेका केन्द्रिय नेताहरु, यूकेका आदरणिय साथीहरु तथा निवर्तमान अध्यक्षज्युलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आउँदा दिन तपाइको सहयोग र साथ निरन्तर रहने विश्वाश समेत लिएको छु ।
आगामी दिनमा संस्थाको उचाइ अझ माथि लैजाने प्रण गर्दछु ।
राजेन्द्र पुडासैनी
अध्यक्ष
प्रवासी नेपाली मन्च बेलायत
सदस्यहरुमा मिलन घिमिरे, हरी आचार्य, कृष्ण भण्डारी, केदार थपलिया, कृष्ण तिवारी, नरेन्द्र कंडेल, यम भण्डारी, मुकुन्दराज बास्तोला, रेमश न्यौपाने, बसन्त नेपाल, जोनी महारी, शुसिला राई, हरी गोविन्द गुरुगं, महेन्द्र केसी, अर्जुन खतिवडा, बिमला सुव्वा र उमेश मोक्तान चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष्य पुडासैनीले आफू संस्थाको अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने नेकपा एमालेका केन्द्रिय नेताहरु, यूकेका आदरणिय साथीहरु तथा निबर्तमान अध्यक्ष लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा पनि निरन्तर सहयोगको अपेक्ष्याका साथ् संस्थाको उचाइलाई थप माथि लैजाने वाचा गरेका छन् ।