लन्डन, विगत एक दशकदेखि बेलायतलाई कर्मथलो बनाउंदै आएकी समाजसेवी रीता परियारले च्यारिटी कार्यक्रमको आयोजना गरि अनाथ तथा आर्थिक रुपमा पिछडिएका बालबालिकाहरुको शिक्ष्या एवं स्वास्थ्यको क्षेत्रमा सहयोग गरेकी छन् । आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्दै सकलित रकमद्वारा नेपालका ४ जना बालबालिकाहरुलाई शिक्ष्याका लागि आर्थिक जुटाउनुका साथै नेपालस्थित भेरी नगरपालीका वडा नम्बर ११ माटेपुल चतुरमाला विद्यालयमा अध्ययनरत १० वर्षीय पार्वती बिटालु, ८ वर्षीय चन्द्रा बिटालु, र जाजरकोट जिल्ला ढिमे २ हाल हार्टल्याण्ड उच्च मा.वि. काठमाडौँमा अध्ययनरत ७ वर्षीय दीपक परियार, धरानका ४ वर्षीय श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत शारीरिक रुपमा असक्त ४ वर्षीय एबिना राईका लागि नगर रु दुई लाख चार हजार रकम हस्तान्तरण गरिएको छ ।
उक्त रकम जाजरकोट भेरी जिल्ला नगरपालीका ११ न. वडा सदस्य ज्ञानी प्रसाद शर्मा, चतुरमाला विद्यालयका प्रधानध्यापक खिम बहादुर घर्ती, धरानकी पुर्णिमा सुब्बा र काठमाडौं संचालन हुँदै आएको सुनौलो नेपाल संस्थाको रोहवरमा हस्तान्तरण गरिएको समाजसेवी परियारले बताइन । यसअघि पनि विभिन्न रुपमा सहयोग पुर्याउदै आएकी परियारले अनाथ तथा आर्थिक अवस्थाका कारण पठनपाठनबाट बन्चित भएकाहरुलाई निरन्तर रुपमा सक्दो सहयोग पुर्याउंदै जाने धारणा पनि ब्यक्त गरिन ।
LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।





