गोर्खा रेडियो,बेलायतमा बसोबास गर्दै आइरहेकी लोकप्रिय गायिका शर्मिला बर्देवा र बेलायतलाई नै कर्मथलो बनाएर दशकौंदेखि मनोरन्जनको क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका “सपन इन्टरटेनमेन्ट लिमिटेड” का प्रबन्ध निर्देशक समेत रहेका सपन कुमार राइद्वारा स्वरवद्द” मेरो मनमा” बोलको गीतको म्यूजिक भीडीयोलाई हाइलाइट्स नेपालले युट्युबमार्फत सार्वजनिक गरेको छ । बेलायतमा नै शुटिंग गरिएको उक्त गीतको म्यूजिक भिडियोलाई मिडिया क्षेत्रमा समेत संलग्न रहेका कुशल श्रेष्ठको छायांकन तथा सम्पादनले थप आकर्षक बनाएको छ । तेस्तैगरि अन्जु बस्नेत र टंक धमला (लियो) द्वारा गरिएको रोमान्टिक अभिनयले गीतलाई झन् जीवन्तता दिएको छ । उक्त गीतमा अहिलेका चर्चित संगीतकार शिखर सन्तोषले संगीत दिएका छन् भने किरण कंडेलले शब्द सृजना गरेका हुन् ।
मेरो मनमा बस मेरो मुटुमा बस तिम्रो न्यानो अंगालोमा चोखो मायाले कस मेरो मनमा बस मेरो मुटुमा बस मेरो मुटुभित्र सुटुक्क पस…।
उक्त म्युजिक भीडीयोलाई बेलायतमा बसेर दन्त चिकित्सकको रुपमा कार्यरत डा. कपिल रिजालले निर्देशन गरेका छन् भने डा. रिजाल चर्चित नेपाली चलचित्र “ड्रिम्स” का सहनिर्माता पनि हुन् । डा. रिजालका पिता डा. भोला रिजाल पनि नेपालका एक लोकप्रिय चिकित्सकका साथै एक कुशल गीतकार पनि हुन् । काजल भट्टचन गुरुङ (यूके डान्स अफ २०१६ की फष्ट रनर अप ) को कोरियोग्राफी तथा अल्डरसटमा “द हेयरपोर्ट हेयर एण्ड ब्युटी शैलुन” संचालन गर्दै आइरहेकी प्रेक्ष्या बस्नेत गुरुंगको मेकअपले म्यूजिक भीडीयोको सौन्दर्यतामा महत्वपूर्ण भूमिका निभाएको छ ।
म्यूजिक भीडीयो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।