गोर्खा रेडियो, विश्व संगीत दिवसको अवसर पारेर गरिएको एक कार्यक्रममा सदाबहार गायक आनन्द कार्की उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट सम्मानित भएका छन् । नेपाली कला, संस्कृतीको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको निरन्तर योगदान र सहयोगको कदर गर्दै गायक कार्कीलाई सम्मान गरिएको हो । बि.स. २०४२ सालबाट गजलमार्फत सागीतिक यात्रामा प्रवेश गरेका गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी तीन हजारभन्दा बढी गीत गाइसकेकाछन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव रहँदै आएको छ । सुमधुर स्वरका धनी आनन्द कार्कीले भारतको लखनउ तथा मुम्बईबाट संगीतसम्बन्धी शिक्षा हाशिल गरेका छन् । सर्वप्रथम “जीवनमा धेरै खोला तर्नुछ ” बोलको गीत शक्ति वल्लभको संगीतमा गएका थिए । सन् १९९९ मा लण्डनमा भएको सारेगम अन्ताक्षरीको उपाधिदेखि छिन्नलता, प्रवल गोर्खा दक्षिणबाहु लगायतका दर्जनौं पुरस्कारहरुबाट सम्मानित भइसकेकाछन् । स्टेज कार्यक्रमहरुमा खुलेर गाउने र दर्शक स्रोताहरुलाई मन्त्रमुग्ध पार्ने सक्ने खुबी भएका गायक कार्की पुराना पुस्तादेखि नयाँ पुस्तामाझ पनि उत्तिकै लोकप्रिय रहँदै आएका छन् । नेपाली सांगीतिक धरातलमा लामो समयसम्म निरन्तरता दिदै आएका कारण तथा उनले पुर्याएको अतुलनीय योगदानका कारण नै विश्व संगीत दिवसका अवसरमा उनलाई सम्मानित गरिएको हो । उक्त सम्मानले आफूलाई थप हौसला मिलेको र अझ बढी जोस र जाँगरका साथ् यस क्षेत्रमा निरन्तर लागिरहने गायक कार्कीले प्रतिवद्दता ब्यक्त गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
गायक आनन्द कार्की उपराष्ट्रपतिद्वारा सम्मानित
गायक आनन्द कार्की उपराष्ट्रपतिद्वारा सम्मानित
तपाईको प्रतिक्रिया