एबर्डिनमा नेपाली भाषा संचालनको तीन वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम

शिव तिवारी,
बेलायतको स्कट्ल्याण्ड एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालिकाहरुलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको आज तीन ३ वर्ष पुरा भएको छ । यही उपलक्ष्यमा एउटा विशेष कार्यक्रमको आयोजना गरी संस्थाले नेपाली भाषा कक्षालाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देश्यले हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा बिगत ३ वर्ष देखी सन्चालन गरिदै आएको छ । एसोसिएसनले नेपाली अविभावकहरुकै सहयोग लिएर स्वयम सेबक शिक्षकहरू मार्फत कक्षा सन्चालन गरिरहेको संस्थाका अध्यक्ष मीन भट्टले जानकारी गराउनु भयो । एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलमा औपचारिक कार्यक्रमसहित ३ वर्ष अघि शुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको छ । नेपाली भाषा कक्षाका संयोजक प्रकाश जी.सी.ले बालबालिकाहरू नेपाली भाषा प्रष्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिदै हिजोआज झनै प्रभावकारी भइरहेको बताउनु भयो । नेपाली भाषा कक्षामा ३ देखी पन्ध्र वर्ष सम्मका नेपाली बालबलिकाहरुलाई विभिन्न समूहमा बिभाजित गरी पठन पाठन हुँदै आएको छ । नेपाली भाषा, कला, संस्कृति, साहित्य र नेपाली पहिचान संबन्धी ज्ञान लिन बालबालिकाहरू पनि उत्सुक देखिएका छन् । नेपाली भाषा कक्षा अध्यापनको लागि नेपालमा रहॅदा शिक्षण पेसामा लागेर अनुभव हासिल गरेका व्यक्तिहरुको संलग्नता रहदै आएको छ । प्रकाश जिसिको संयोजकत्वमा मिन भट्ट, कल्पना जिसि, तोया सापकोटा, सिर्जना पाण्डे, विजय सिग्देल्, सागर सिम्खडा, शिव तिवारी लगायत आबद्द हुनुहुन्छ। प्रोजेक्ट कोर्डिनेटर नबिन क्षेत्रीले बिगत वर्षहरुमा संस्थाले आफ्नै खर्चमा नेपाली भाषा कक्षा संचालन ल्याएको भए पनि भर्खरै ‘द नेसनल लोटरि’ नामक संस्थाद्वारा वर्ष २०१७/२०१८ को लागि झन्डै ५ हजार पाउण्ड सहयोग प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले प्राप्त रकम प्रभावकारी योजना सहित बालबालिकाहरुको बृहत्तर विकासमा खर्च गरिने बताउनु भयो । स्कटलैण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालमा विभिन्न प्राकृतिक बिपत पर्दा समेत सहयोग गर्दै आएको छ । स्मरण रहोस्, पछिल्लो पल्ट नेपालमा गएको महाभूकम्पको बेला संस्थाले स्थानीय नेपालीहरुबाट संकलन गरी प्रधानमन्त्री राहत कोषमा नेपाली २६ लाखभन्दा बढी रकम पठाएर सहयोग गरेको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक