प्रबासी नेपाली मंच बेलायतको रेडिंग चौथो अधिबेशन सम्पन्न

लण्डन, प्रबासी नेपाली मंच बेलायत अन्तर्गत रेडिंग इलाका कमिटिको चौथो अधिबेशन तथा बार्षिक पारिबारिक भेटघाट एक भब्य समारोह बीच रेडिंगको थेम्स भ्याली पार्कमा सम्पन्न भयो । उक्त अधिबेशनले प्रतिमा केसीको अध्यक्ष्यतामा २२ सदस्यीय इलाका कमिटि चयन गरेको छ । कमिटिमा उपाध्यक्ष्य नारायण कंडेल र सचिब कृष्ण आचार्य चयन भएका छन भने सल्लाहकारहरुमा प्रा. नारायण गुरुङ तथा डा. त्रिलोचन उप्रेती रहेको कुरा निर्बाचन कमिटिका सदस्य डा। कृष्ण रेग्मीले बताएका छन । उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रबासी नेपाली मंचका अध्यक्ष्य राम शरण सिम्खडाले रेडिंग इलाका कमिटिको अधिबेशन सफलताको कामना गर्दै निबर्तमान कमिटिको प्रशंसा गरेका थिए । उनले आफ्नो शुभकामना मन्तब्यमा रेडिंग बौद्दिक नेपालीहरुको जमात रहेको उर्बर ठाउँ हो आगामी दिनमा यस कमिटीमा यस क्षेत्रका अधिकांश नेपालीहरु समेटिएको देख्न पाइयोस भन्ने शुभकामना दिएका थिए । कार्यक्रममा प्रबासी नेपाली मंच बेलायतका प्रचार बिभाग प्रमुख कुमार केसी, सल्लाहकार द्वय कृष्ण भट्टराई तथा राजेन्द्र पुडासैनी, मंचका पुर्ब सचिब नारद भण्डारी, सदस्यद्वय डिल्ली घिमिरे र प्रतिमा केसी अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा प्रबासी नेपाली मंचका सुभेच्छुक तथा सदस्यहरु गरी करिब १५० जनाको सहभागी रहेको कुरा नवनिर्बाचित सचिब कृष्ण आचार्यले बताएका छन । कार्यक्रममा रेडिंग क्षेत्रका रहेका बिभिन्न क्षेत्र तथा समुदायका सदस्यले प्रबासी नेपाली मंचको नयाँ सदस्यता लिएका थिए । नयाँ सदस्यता लिनुहुने हरुमा डा। दामोदर पन्त, सानु पन्त, सीता लामिछाने, शारदा रेग्मी, टेक बहादुर गुरुङ, करम गुरुङ र सरस्वोती खनाल रहेको कुरा प्रबासी नेपाली मंचका प्रचार बिभाग प्रमुख कुमार केसीले बताए । पहिलो चरणको कार्यक्रमको संचालन रेडिंग इलाका कमिटिका उपाध्यक्ष्य भीमसेन खड्काले र अध्यक्ष्यता कमिटिका अध्यक्ष सुबास दाहालले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम प्रबासी नेपाली मंचका अध्यक्ष्य रामशरण सिम्खडा, डा. बिष्णु घिमिरे र डा. कृष्ण रेग्मी रहेको तीन सदस्यीय निर्बाचन मण्डलले गरेको थियो । पारिबारिक भेटघाट तथा बार्बरक्यु पार्टी सहित गरिएको थियो कार्यक्रमको अन्तमा बिभिन्न गीत, गजल तथा मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । प्रबासी नेपाली मंचको उक्त अधिबेसन शुरु हुनु पुर्ब पुर्बी रेडिंग निर्बाचन क्षेत्रबाट लेबर पार्टीबाट बेलायतको हाउस अफ कमन्सका सांसद म्याट रोडासंग नेपाली समुदायका समसामयिक बिषयमा एक अनौपचारिक अन्तरक्रिया तथा परिचय कार्यक्रम समेत गरिएको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित