गोर्खा रेडियो,
“किन म आजभोलि यति धेरै पिउन थालें, विगतका ती पल सम्झी मदिरामै जिउन थाले” सदाबहार गायक हिमाल सगरको स्वरमा गाइएको एउटा निकै कर्णप्रिय आधुनिक गीतको म्यूजिक भीडियो भर्खरै मात्र सार्थक डिजिटल प्रा. लि.ले युट्युबमार्फत सार्वजनिक गरेको छ । “किन म आज भोलि” बोलको सो गीत जीवन पन्तको संगीतमा सजिएको छ भने नविन न्यौपानेको शब्द रहेको छ । जी.बी. आग्रिको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको यस म्युजिक भीडीयोमा नविन न्यौपाने, रंजीता गुरुङ र नम्रता सापकोटाको अभिनय रहेको छ । माया पिरतीमा हुने आरोह अवरोहमा मदिराको भूमिकाको बारेमा गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ ।
म्यूजिक भीडियो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।