गोर्खा रेडियो, नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा परिचित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मुहार फेर्ने भएको छ । विश्वभरिबाट नेपाल भ्रमण गर्न जाने जो कोहीको नजरमा पर्ने अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइको बारेमा धेरै नकारात्मक अभिव्यक्तिहरू आइरहेका छन् । जुन कुरा विदेशी पर्यटकहरुलाई मात्र नभएर विदेशबाट जाने जो कोही नेपालीहरुलाई पनि महशुस नभएको भने होइन । विमानस्थलबाट उत्रिने बित्तिकै पर्यटकहरुमाथि पर्ने यस्तो किसिमको नकारात्मक प्रभावले पक्कै पनि नेपाल र नेपालीको लागि राम्रो संदेश दिदैन । यिनै विषयहरुलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थललाई सफा सुन्दर र आकर्षक बनाउने अभिप्रायले भर्खरै मात्र एक सम्झौतामा हस्ताक्षर भएको छ । एनआरएनए अतिथि देवो भव अभियानका तर्फबाट एनआरएनए उपाध्यक्ष्य भवन भट्ट र विमानस्थलका पदाधिकारीहरुबीच गरिएको उक्त सम्झौता अनुसार यही जुन २९ तारिखबाट सरसफाई कार्यक्रमको शुरुवात गरिने भएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।