गोर्खा रेडियो,
नेपाली सांगीतिक धरातलमा लामो समयदेखि निरन्तर रुपमा उदाउदै आइरहेका सदाबहार गायकहरू मध्ये हिमाल सागर अग्र पंक्तिमा पर्दछन । पछिल्लो समयमा विभिन्न किसिमका लोकप्रिय गीतहरू दर्शक स्रोताहरुमाँझ पस्कंदै आइरहेका छन् । भर्खरै मात्र उनको “चञ्चले चुलबुले” बोलको गीतको म्यूजिक भीडियो सार्वजनिक भएको छ । रोहन पौडेलको शब्द तथा गायक हिमाल सागरको आफ्नै संगीत रहेको यस गीतमा संजय हमालको अरेन्ज रहेको छ । त्यस्तै गरी अर्जुन अधिकारीद्वारा निर्देशित उक्त म्यूजिक भीडीयोमा हरि हुमागांईको छायांकन, सुरेन्द्र बसेलको नृत्य निर्देशन अनि निशान घिमिरेको सम्पादन रहेको छ । म्यूजिक भिडियोमा गायक तथा संगीतकार स्वयम हिमाल सागर र श्रद्दा प्रसाईंको रोमान्टिक अभिनय हेर्न पाइनेछ । संगस नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्यूजिक भीडियो हर्नको लागि तलको भीडियो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।