लन्डन, बेलायतकी तत्कालीन प्रधानमन्त्री टरिजा मेद्वारा घोषणा गरिएको मध्यावधि निर्वाचन यही बिहीवार सम्पन्न भएको छ । तर निर्वाचन परिणामले उनको पार्टी सत्तारुढ कन्जरभेटिभले भैरहेको बहुमत समेत गुमाएर लज्जास्पद्को स्थिति सामना गर्नुपरेको छ । अहिले भएको निर्वाचनको परिणाम अनुसार सत्तारुढ कन्जरभेटिभ पार्टीले ३ सय १८ सिट हात पारेर पहिलो दलमा मात्र सिमित रहेको छ । ६ सय ५० सिट रहेको बेलायतको संसदमा कन्जरभेटिभ पार्टीले अघिल्लो निर्वाचनभन्दा १२ ओटा सिट गुमाएर ३सय १८ सिटमा चित्त बुझाउनुपरेको छ । दोस्रो ठूलो पार्टीको रुपमा लेबर पार्टीले भने आफ्नो सिट संख्यामा सुधार गर्दै थप २९ सिट हात पारेर २ सय ६१ सिट कायम गर्न सफल भएको छ । तेस्रो दल स्कटिस नेशनल पार्टीले गतनिर्वाचनमा प्राप्त गरेको २१ सिट गुमाएर ३५ सिटमा समितिरहेको छ भने चौथो पार्टी लिभरल डेमेक्रयाट पार्टीले यसअघिको निर्वाचनमा सुधार गर्दै १२ सिट प्राप्त गरेको छ। नरर्दन आयारल्याण्डको डेमेक्रयाटिक युनियस्ट पार्टी (डियूपी)ले १० सिटको सफलता हात पार्दै सरकार निमार्णको कि मेकर बनेको छ । सरकार बनाउन आवश्यक संख्या ३ सय १६ सिट कुनै पनि दलले प्राप्त नगरेको हुँदा गठबन्धन सरकार हुने अवस्था सृजना भएको हो । सत्तारुढ कन्जरभेटिभ पार्टीले बहुमत गुमेपछि प्रधानमन्त्री मेले राजीनामा दिने अनुमान गरिएतापनि उनले राजीनामा नदिने उल्लेख गरिएको छ । यस निर्वाचन परिणामले स्वयं निर्वाचन गराउन तम्सेकी मलाई नराम्रो ढक्क पुगेको छ अर्थात भुइँको टिप्न खोज्दा पोल्टाको समेत गुमाउनुपरेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।