लन्डन, गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा झन्डै ७० लाख रुपैयाँ बराबरको लागानीमा तयार गर्न लागिएको बुद्ध बृद्धाश्रम बन्ने लगभग पक्का भएको छ । गत आइतवार बेलायतको प्लमस्टिडडस्थित एसियन कम्युनिटी हलमा बुद्ध फाउन्डेसन यूकेले आयोजना गरेको च्यारिटी डिनरमा ३३ हजार पाउण्ड अर्थात झन्डै ४४ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आइसकेको छ । उक्त च्यारिटी कार्यक्रममा एनआरएक यूके, कपिलवस्तु समाज युके लगायत अन्य विभिन्न संस्था तथा व्यक्तिहरुले स्वस्फुर्त रुपमा सहयोग गरेका थिए । कार्यक्रमका लागि प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष्य दीपक श्रेष्ठले सयुक्त रुपमा पानसमा बत्ती बालि कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अवसरमा बोल्दै प्रमुख अतिथि सुवेदीले राम्रो कार्यको थालनी गरेको भन्दै आयोजक लगायत सम्पूर्ण सहयोगीलाई धन्यवाद तथा प्रशंसा गर्दै बृद्धाश्रमको बारेमा पनि स्पष्ट पारेका थिए ।
यक्त गरेका थिए । बेलायतस्थित संघसंस्था, पत्रकार समाजसेवी लगायतको बाक्लो उपस्थितिरहेको उक्त कार्यक्रमको संचालन फाउन्डेसनका उपाध्यक्ष्य सचिन श्रेष्ठले गरेका थिए । कार्यक्रमका संयोजक हिराधन राईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने एनआरएन यूके अध्यक्ष मुच्छेत्र गुरूङ, युरोप संयोजक कुल आचार्य, एनआरएन युके उपाध्यक्ष शान्ति कुँवर थापा, एनआरएन पूर्वअध्यक्ष सूर्य गुरुङ, समाजसेवी तथा ब्यावसायी विनोद ज्ञवाली, शिवजी श्रेष्ठ लगायतले आ-आफ्नो मन्तव्य राख्दै राम्रो कामको थालनी भएको र पूर्ण सफलताको कामना गरेका थिए । कार्यक्रममा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको शुरुमा गायिका गङ्गा थापा र शर्मिला बर्देवाले “जहाँ छन् बुद्धका आँखा ..” बोलको गीत प्रस्तुत गरेका थिए भने दोस्रो चरणमा नाम्लो ब्यान्डको सांकृतिक प्रस्तुतिका साथै इन्डियन डान्स रियालिटी शो “डान्स इन्डिया डान्स” तथा “झलक दिख लाजा” कि विजेता तेरिया मगरलगायत स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालीकामा बनाउन लागिएको उक्त आश्रम १४ बेडरुमको हुने आयोजकले बताएका छन् । करिब २० रोपनी जग्गामा निर्माण गर्न लागिएको उक्त बृद्धाश्रमको लागि आवश्यक जग्गा कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले निशुल्क रुपमा उपलब्ध गराउने सम्झौता भैसकेको छ । गोर्खा रेडियोको तर्फबाट उक्त च्यारिटी कार्यक्रमको बारेमा प्रतिक्रिया जान्न खोज्दा बुद्ध फाउन्डेसनका अध्यक्ष्य दीपक श्रेष्ठले भने,“सबैको तर्फबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको छ, बुद्ध बृद्धाश्रम बनाउने सपना साकार हुने भएको छ । सहयोग गर्नुहुने सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु साथै कार्यक्रमका दिन समेट्न नसकिएको भर्खरै मात्र बुद्ध बृद्धाश्रम निर्माणस्थल नेपालको प्रत्यक्ष्य अवलोकन गरेर आउनुहुने एनआरएन युके उपाध्यक्ष शान्ति कुँवर थापाप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु । सहयोगको क्रम निरन्तर जारी नै छ र सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई थप सहयोगको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु” ।
For Help-Barclayd Bank
KSUK
S Code-20-45-45
A/C-33776360
फोटो एभेरेष्ट गौतम, लन्डन नेपाल न्यूज
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
बन्ने भयो कपिलवस्तुमा बुद्ध बृद्धाश्रम
बन्ने भयो कपिलवस्तुमा बुद्ध बृद्धाश्रम

तपाईको प्रतिक्रिया