लन्डन । बेलायतको लन्डनको मुख्य केन्द्रविन्दु लन्डन ब्रिजमा पुन आतंककारी आक्रमण भएको छ । सोहि स्थानमा यसघि पनि सोहि प्रकारको हमला भएको थियो । सेतो भ्यानमा आएका तीन जना व्यक्तिहरुले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको प्रत्यक्ष्यदर्शीले बताएका छन् । घटनामा आधा दर्जनको मृत्यु भएको जनाइएको छ भने दर्जनौं घाइतेहरुको उपचार भैरहेको छ । तीनजना आतंककारीलाई प्रहरीले तत्कालै मारिदिएको छ । यसैबीच लन्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजार ट्रेन स्टेशन नजिकै पनि छुरा आक्रमण गरिएको छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । बेलायतकी प्रधानमन्त्री टेरेसा मेले सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिइएको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।