सम्माननीय स्वास्थ्यमन्त्री ज्यू,
हजुरको स्वास्थ्य ठिकै होला भन्नेमा पूर्ण आशावादी छुँ ।
म गंगा खड्का । गुल्मीबाट । स्वास्थ्यमन्त्री भएदेखीनै नेपालको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गरिरहनुभएको खवर म दिनहुँ पढ्छु र सुन्छु । पत्रबाटै म धन्यवाद व्यक्त गर्दछु । हजुरले स्वास्थ्य क्षेत्रमा धेरै नीतिगत परिवर्तन र स्वास्थ्य सुविधा उपलव्धको विषयमा जति काम अगाडी बढाउनुभएको छ । यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हो । योजना कार्यान्वयन होउन् मेरो शुभकामना हजुरलाई ।
कहिलेकाँही लाग्छ छिनछिनमा परिवर्तन भइरहने सरकार र मन्त्रीहरुले हजुरले अगाडी बढाएका कामलाई निरन्तरता नदिएर हामी फेरी शुन्यमा पुग्ने हौं की ? आशा छ आम नागसरिकको हितमा भएका कामलाई सबैले कार्यान्वयन गर्नुहुनेछ ।
म जिल्लामा बसेर गुल्मी लगायत अन्य जिल्लामा विगत पाँच वर्षदेखी हामी महिलाहरुले भोग्दै आइरहेको महिनावारीका बेला गरिने विभेद, सरसफाईको कमीले हुने संक्रमण र महिनावारी भएको समयमा समाजले हामीलाई हेर्ने फरक दृष्टिकोण परिवर्तनका लागि ‘सुरक्षित महिनावारी राष्ट्रिय अभियान’ सञ्चालन गरी काम गरिरहेकी छुँ । आजभन्दा पाँच वर्ष अगाडी महिनावारी सरसफाईका कुरा गर्न गाउँ पुग्दा मैले भोगेको तितो अनुभवले मलाई आजपनि दुःखी बनाउँछ । तर यहि समाज हो हिजो अपहेलना र लाञ्छना बेहोर्नु परेको थियो । तर, आज उही समाजले सबैभन्दा बढी खुसी व्यक्त गरेर स्वागत गरिरहेको छ । मानसिकता र वर्षौदेखिको सोँच परिवर्तन गर्न एकैपटक सम्भव कहाँ थियो र ? त्यसैले त निरन्तर काम गरिरहेकी छु । बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला र
सुन्नको तलको भीडीयो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।