लन्डन,यहि २९ मे सोमबारका दिन लन्डनस्थित नेपाली दूतावासमा गणतन्त्र दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरिएको गरिएको छ । उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गणतन्त्र दिवसका अवसरमा पठाएको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको सन्देश प्रस्तुत गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै राजदूत सुवेदीले नेपालमा गणतन्त्रको अभ्युदय र नागरिक हक अधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्नुहुने प्रात:स्मरणीय शहीदहरुमा समस्त बेलाताय्वासी नेपालीहरुका तर्फबाट हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै यस पुनित दिवसले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाल आर्थिक सम्वृद्धि, सामाजिक रुपान्तरण र राजनीतिक स्थायीत्वको महान गन्तव्यमा पुग्ने विश्वास गरेका थिए ।
सोहि अवसरमा परिमार्जित गरिएको नेपाली दूतावास बेलायतको नयाँ वेवसाइटको पनि उद्घाटन गरेका थिए । त्यस्तैगरी बेलायतको प्रसिद्द प्रकाशन संस्था फुटप्रिन्टद्वारा प्रकाशित रोबर्ट फेर्गुसनद्वारा लिखित “नेपाल” नामक एक पर्यटनसँग संबन्धित पुस्तकको पनि राजदूत सुवेदीद्वारा लोकार्पण गरियो । कार्यक्रमको दोस्रो चरणमा बेलायतमा व्यापार,व्यवसाय, शिक्ष्या, संगीत,कला, पर्यटन, चिकित्सा, इन्जिनियरिंग र पत्रकारिता क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल गरेका नेपाली समुदायका एक दर्जन युवाहरुद्वारा आफ्ना जीवनका भोगाई तथा संघर्षका बारेमा प्रस्तुत गरिएको थियो ।
जस अन्तर्गत ब्लाइन्ड रक्सकी शृष्टि केसी, नर्स प्रसुना कंडेल, पत्रकार भगिरथ योगी, इन्जिनिएर राजकुमार त्रिपाठी, दन्त चिकित्सक डा. कपिल रिजाल, व्यवसासीहरू बिराज भट्ट,, ओजेश सिंह, नायक ध्रुव दत्त, विद्यार्थी अभियन्ता प्रणय शाक्य, अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका गोर्खा हरिबहादुर बुढामगर र मिस यूके नेपाल २०१६ टेनिसा राना थिए । युवा पुस्तालाई अघि बढ्नको लागि प्रेरणा र प्रोत्साहन गर्ने उद्देश्यले दूतावासद्वारा युवाहरुलाई विशेष प्लेटफार्म दिइएको राजदूत सुवेदीले उल्लेख गरेका थिए । कार्यक्रमको तेस्रो तथा अन्तिम चरणमा नेपालबाट आएका गायिका एवम नायिका विष्णु चेम्जोंग र चोक गुरुंगद्वारा सांगीतिक प्रस्तुति गरेका थिए ।
दूतावासका उपनियोग शरदराज आरान्द्वारा संचालित उक्त कार्यक्रममा बेलायतको विदेश मन्त्रालय, रक्श्या मन्त्रालय, पर्यटन मन्त्रालयका पदाधिकारीका साथै बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, वुद्धिजीवी, समाजसेवी, लगायत झन्डै तीनसय जतिको उपस्थितिरहेको थियो ।
दूतावासको परिमार्जित वेबसाइट अन्तर्गत व्यक्तिगत दर्ताको लागि यहाँ क्लिक गर्नुहोला र संघसंस्था दर्ता गर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
कार्यक्रमा प्रस्तुत बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा प्रस्तुत मन्तव्य हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला ।





