लन्डन, यही मे २८ तारिख आइतवारका दिन अल्डरसटस्थित क्वीइन्स एभिन्यूको खेलमैदानमा हुन गइरहेको १५ औं गोर्खा कप २०१७ को तयारी पूरा भैसकेको आयोजकहरुले बताएका छन् । गत शनिवारका दिन मीचेटस्थित तमुधी यूकेको आफ्नै भवनमा अध्यक्ष्य ज्ञाम गुरुंगको अध्यक्ष्यतामा एक पत्रकार सम्मेलन (प्रेस दि मीट) को आयोजना गरी उक्त कुराको जानकारी गराइएको थियो । बेलायतवासी नेपालीहरुमाँझ निकै लोकप्रिय रहेको गोर्खा कप तमुधिं यूकेको आयोजना तथा विभिन्न व्यक्ति ताथा संघसंस्थाहरुको सहयोगमा संचालन हुँदै आइरहेको छ । गोर्खा कपलाई भ्याट्रन र ननभ्याट्रन गरी दुई श्रेणीमा विभाजन गरिएको छ । यसपटकको गोर्खा कपमा ३२ रेगुलर टिम र ४० वर्ष माथिका भेट्रान ८ टिम गरी ४० फुटबल तिम्ले प्रतिस्पर्धा गर्नेछन । विजयी खेलाडीलाई ननभ्याट्रन तर्फ प्रथम र द्वितीय हुनेलाई क्रमश २००० पाउण्ड र १००० पाउण्ड र तथा भ्याट्रन तर्फ प्रथम र द्वितीय हुनेलाई क्रमश १ हजार पाउण्ड र ७०० पाउण्ड नगद पुरस्कार प्रदान गरिनेछ । तमुधिं यूकेका स्पोर्ट्स सेक्रेटरी एवं कार्यक्रम संयोजक पिताम्बर गुरुंगले दिएको जानकारी अनुसार प्रति व्यक्ति प्रवेश शुल्क एक पाउण्ड तोकिएको छ भने कार पार्किंगको लागि ४ पाउण्ड निर्धारण गरिएको छ । पुरष्कारको लागि प्रथम हुनेलाई रेगुलर तर्फ रवी लामिछानेले, दोस्रो हुनेलाई एम्पाएर हलका संचालक पुरन गिरीले पुरस्कारको प्रायोजन गरेका छन् । त्यस्तै गरी भेट्रान तर्फ प्रथम हुनेलाई योगेन क्षेत्री तथा श्रीमती रीता क्षेत्रीले र दोस्रो हुनेलाई धारम कुमार गुरुंगले पुरस्कारको प्रायोजन गरेका छन् । कार्यक्रमलाई सफल पार्नको लागि शान्ति, सुरक्ष्या, स्वास्थ लगायतका विषयलाई व्यवस्थित गर्ने आयोजकले बताएको छ । विभिन्न ४ वटा ब्याण्डबाजाको टोली, फुडस्टल लगायत नेपाली उद्पादनहरू समेतको प्रदर्शनिरहने छ । कार्यक्रममा “यो नेपाली शीर उचाली” बोलको गीतद्वारा नेपाल र नेपालीको पहिचानलाई झल्क्याइनेछ भने, खुकुरी डान्स, प्यारा जम्प र ताईकण्डोको प्रदर्शन समेत हुनेछ । रसमोर बरो काउन्सीलको मेएर सोफीया चौधरी, बेलायतका लागि नेपाली राजदूत राजदुत डा. दुर्गाबहादुर सुवेदी एवम राजदुतावास अफीसीयलहरू, बेलायती संसद गेराल्ड हवार्ड, ब्रेन्ट काउन्सीलका मेएर भगवानजी चौहान, गोरखा ब्रीगेडका कर्नेल रबीन्सन, लण्डन फुटवलर लीडली कीङग लगायत नेपाली फुटवलर राजु शाक्यको पनि उपस्थितिरहनेछ । कार्यक्रममा नेपाली कला र संस्कृति झल्किने खालका विभिन्न किसिमका झाँकीहरुको समेत प्रस्तुति गरिनेछ ।//tunein.com/radio/Gurkha-Radio-s261730/” target=”_blank”>ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।