लन्डन, बेलायतको म्यानचेष्टर शहर एरिनामा अमेरिकी गायीका एरियाना ग्रांडीले प्रस्तुति गरिरहेको अवसरमा गरिएको बम विष्फोटनमा १९ जनाले ज्यान गुमाएका छन् भने झन्डै ५ दर्जन घाइते भएका छन् विष्फोटन एकदमै शक्तिशालि रहेकोले भवन समेत हल्लिएको प्रत्यक्ष्यदर्शीले बताएका छन् । स्थानीय समय अनुसार सोमबार रातिको १० बजेर ३५ मिनेट जाँदा उक्त घटना घटेको थियो ।
उक्त घटनालाई लिएर प्रधानमन्त्री टेरेजा मेले आफ्नो कन्जरभेटिव पार्टीको चुनावी अभियानलाई स्थगित गरी मंगलबार बिहान विशेष बैठक “कोब्रा बैठक” को आयोजना गरेकी छन् | मैले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै विस्फोटनबाट प्रभावित प्रति सहानुभूती गरेको छन् । घटनास्थललाई अहिले विशेष सुरक्ष्या प्रदान गरी अनुसंधालाई तीव्र पारिएको छ । उक्त विस्फोटपछि म्यानचेस्टर भिक्टोरिया स्टेसनको रेल आवागमनमा रोक लगाइएको छ । फोटो साभार अनलाइन
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।