लन्डन, नेपाल पत्रकार माहासंघ बेलायत शाखाले आयोजना गरेको नेप्लिज प्रेस नाइट २०१७ भव्य र सभ्य रुपमा लण्डनको अल्डरसटस्थित एम्पाएर ब्यांक्वेटिंग हलमा सम्पन्न भएको छ । शाखाकै आपतकालीन कोषको स्थापनार्थ आयोजना गरिएको उक्त कार्यक्रमबाट २५ हजार पाउण्ड अर्थात ३० लाख रुपैयाँ बराबर रकमको प्रतिवद्दता भैसकेको छ । बेलायतस्थित पत्रकार लगायत नेपाली समाजमा आइपर्ने आपतविपतका लागि स्थापना गर्न लागिएको उक्त आपतकालीन कोषलाई विश्वसनीय एवं पारदर्शी ढंगले संचालन र सदुपयोग गर्ने उद्देश्यले स्थानीय समुदाय एवं पत्रकार सहितको ३ सदस्यीय संचालक समितिको पनि गठन गरिएको छ भने त्यसलाई ५ सदस्यीय बनाइने भएको छ । समिति मध्यका डा. राघव धितालले पत्रकारहरुको हितकालागि गठन गर्न लागिएको कोषलाई सही ढँगले सन्चालन गर्न आफूहरुले काम गर्ने विश्वास दिलाए । लेखक, पत्रकार एवं समाजसेवी दुत पुनको संयोजनमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका नेपाली राजदूत डा. दुर्गाबदादुर सुवेदीले बेलायतस्थित संचार माध्यमको खुलेर प्रशंशा गरेका थिए । बेलायत तथा नेपाली समाजबीचमा यहाँको संचार माध्यमले मध्यस्तकर्ताको भूमिका गरिरहेकोले सबैले मिलेर सहयोग गर्नुपर्ने धारणा राजदूत सुवेदीले व्यक्त गरेका थिए । झन्डै ६ सय जानाको हाराहारीमा उपस्थितिरहेको सो कार्यक्रम पत्रकार महासंघ बेलायतको इतिहाँसमै पहिलो ठूलो कार्यक्रम भएको र अत्यधिक सफल भएको अध्यक्ष्य नरेश खपाँगी मगरले बताएका छन् । कार्यक्रममा एनआरएन युरोप संयोजक कुल आचार्य,एनआरएन यूके अध्यक्ष्य मुछेत्र गुरुङ, लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष्य विष्णु गौतम, ब्लाइन्ड रक्स नेपालकी सृष्टि के.सी. तथा बेलायात लेबोर पार्टीका तर्फबाट बेलायतको संसदीय निर्वाचनका उमेद्वार डा. बच्चु कैलाश कैनीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै गरी कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष्य श्याम लुइँटेल, उपाध्यक्ष्य ध्रुवराज अर्याल र महासचिव लिलामान शेरपुन्जाले स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य एवं गतिविधीको बारेमा प्रकाश पारेका थिए । नेपाल ब्रिटेनको सम्बन्धको दुई सय वर्षको अवसरका सम्बन्धमा राजदूत डा. सुवेदीद्वारा लेखिएको ४०० पृष्ठको “२०० इयर्स अफ नेपाल ब्रिटेन रिलेसन्स” नामक अंग्रेजीमा लिखित पुस्तकको पनि विमोचन गरिएको थियो । विमोचन कार्यक्रममा पत्रकार महासंघ यूके शाखाका अध्यक्ष्य नरेश खपाँगी मगर, पूर्व अध्यक्ष्य एवं सल्लाहकार चिरन शर्मा र नवीन पोखरेल, पत्रकारहरू भगीरथ योगी, विश्वासदीप तिगेका, हरिकुमार गुरुङ र सोनाम शेर्पाको संयुक्त उपस्थितिरहेको थियो । त्यस्तैगरी संयोजक तथा पत्रकार दुत पुनद्वारा लिखित कथा संग्रह “अर्ली भाइ” नामक पुस्तकको पनि राजदूत डा. सुवेदी, अध्यक्ष्य खपाँगी मगर र पत्रकार भगीरथ योगीले विमोचन गरेका थिए । पहिलो चरणको कार्यक्रमको संचालन रमेश सराङकोटी र लिलामान शेरपुर्जाले गरेका थिए भने दोस्रो चरणको संस्कृतिक कार्यक्रममा शर्मिला बर्देवा, गीता पाइजा, लालीमाया बुढाथोकी, मधुसुदन थापा, क्याप्टेन रि. बीरबहादुर थापा, चोक गुरुङ, सुजन पराजुली, दिव्यानी शर्मा लगायतका कलाकारहरुले आफ्ना लोकप्रिय गीतहरुबाट मनोरन्जन दिलाएका थिए भने साथमा नृत्यहरू पनि प्रस्तुत गरिएका थिए । साउण्ड सिस्टममा हेम बिष्टले भूमिका निभाएका थिए । फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।