हेमन्त शर्माको “हारें आज” बोलको गीतको म्यूजिक भीडियो सार्वजनिक

गोर्खा रेडियो, नेपाली सांगीतिक क्षितिजमा निकै लामो समयदेखि संघर्षरत सदाबहार गायक हेमन्त शर्माले भर्खरै मात्र एउटा “हारें आज, हारें आज म तिम्रो सामू हारें, नचाहेर भएपनि मैले तिम्रो मारें” बोलको गीतको म्यूजिक भीडीयोको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गायक हेमन्त शर्माको स्वर, मणिराज बस्नेतको शब्द अनि बि.बि. अनुरागीको संगीत रहेको छ । त्यस्तै गरी अहिलेका चर्चित अभिनेत्री प्रियेंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको यस म्यूजिक भीडीयोको सुरज सिंह ठकुरीले निर्देशन गरेका हुन् । भीडियो सम्पादनको भूमिका लोकेश बज्राचार्यले गरेका छन् । मणिराज बस्नेतको शब्दलाई हेमन्त शर्माको स्वरमा सजिएको यस मार्मिक गीतलाई बि.बि. अनुरागीको संगीत तथा प्रियंका र आयुष्मान देशराजको अभिनयले जीवन्तता दिएको छ भने निर्देशक सुरज सिंह ठकुरीले भीडीयोलाई थप आकर्षक बनाएका छन् ।

म्यूजिक भीडियो हेर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित