गोर्खा रेडियो,करिब तिन् दशकदेखि नेपाली नाटकको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका र हाल बेलायतमा बसोबास गर्दै आएका बरिष्ठ नाट्यकर्मी सनम कुमार बैरागलाई अविरल कला समूहले एक कार्यक्रमकाबीच सम्मान गरेको छ । काठमाण्डौको कालिकास्थानस्थित सर्वनाम थिएटरमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा बरिष्ठ रंगकर्मी तथा नाटक निर्देशक अशेष मल्लले नाट्यकर्मी बैरागलाई नाटकीय क्षेत्रमा पुर्याएको निरन्तर योगदानको कदर गर्दै सम्मान व्यक्त गरेका थिए । बिना स्क्रिप्ट नै नाटक रच्ने खुबी भएका बैरागले देश विदेशमा समेत नेपाली नाटकको अस्तित्व जोगाउन सफल भएका छन् । बेलायतमा बसोबास गर्दै आएका बैरागले महाभूकम्पको वेदनालाई आधार मानेर बनाएको नाटक “समय दृश्य” र नेपालमा हुने गरेका र भइरहेका महिलाहिँसा तथा पुरुषसंगको भेदभाव र १० वर्षे जनायुद्धताका घटेका घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको नाटक “जीगिषा” निकै लोकप्रिय बन्न सफल भएको थियो ।
नेपाली नाटक पनि प्रयास गरेमा प्रवासमा पैसा तिरेर नाटक हेर्न आउने दर्शकहरुको कुनै कमी नभएको बैरागले व्यक्त गरेका थिए । गायक दीप श्रेष्ठले नाट्यकर्मी बैरागको प्रशंसा गर्दै भने ” नाट्यकर्मी बैरागको संगतमा आनीबानी असाध्यै सरल स्वभावका धनी कहिल्यै नरिसाउने त्यति तडकभडक नदेखाउने सच्चा कर्मठशील योद्धाको रुपमा आफूले पाएको अनुभव सुनाए । त्यस्तैगरी कार्यक्रमको अवसरमा अभिनेता सरोज खनाल, बरिष्ठ रंगकर्मी अशेष मल्ल र रंगकर्मी सुवर्ण थापाले नाट्यकर्मी बैरागको विषयमाथि प्रकाश पार्दै आगामी दिनमा सफलताको कामना व्यक्त गरेका थिए । प्रवासमा बसेर पनि हरेक वर्ष एउटा स्तरीय नाटक मन्चन गर्ने सोच रहेको र त्यसमा आफू लागिपर्ने वचन नाट्यकर्मी बैरागले बताएका छन् । उक्त कार्यक्रममा अबिरल कला समूह, काठमाण्डाै लगायत नायक सराेज खनाल, गायक तथा संगितकार दीप श्रेष्ठ, चलचित्र निर्देशक सुबर्ण थापा र सर्वनाम नाट्य समूह का लेखक निर्देशक अशेष मल्ललाई धन्यबाद दिंदै आफूलाई थप उर्जा मिलेको नाट्यकर्मी बैरागले बताएका छन् । नेपाली नाटकलाई प्रवासमा बसेर पनि निरन्तरता दिनको लागि गरेको उनको प्रयास नेपाल र नेपालीहरुको लागि गौरवको विषय हुन् जान्छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





