लन्डन, नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा हुन् लागेको “नेप्लिज प्रेस नाइट २०१७” मा बेलायतवासी संघसंस्था, ब्यबसायी तथा व्यक्तिहरुबाट उत्साहजनक रुपमा सहयोग प्राप्त भइरहेको छ । संस्थाको आपतकालीन कोषलाई अभिवृद्धि गरि आपतविपतमा परेका पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्यले “नेप्लिज प्रेस नाइट २०१७” को आयोजना गर्न लागिएको हो । आउँदो मे २१ तारिखका आइतबारका दिन अल्डरसट स्थित एम्पाएर हलमा हुन लागेको सो कार्यक्रममा समाजका बौद्धिक एवं प्रेरणादायी व्यक्तिहरु “ब्लाइण्ड रक्स” नामक संस्थाकी सृष्टी केसी र लक्ष्मी प्रतिष्ठानका अध्यक्ष्य विष्णु गौतम लगायतले आफ्नो मन्तव्य दिनेछन । तेस्तैगरि सांस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित लोकगायक खड्ग गर्बुजा नेपालबाट आउंदैछन् भने शर्मिला वर्देवा, सुजन पराजुली, लाली बुढाथोकी, गीता पाइजा लगायतका कालाकारहरुको जोडदार प्रस्तुति रहनेछ । सोहि अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा लिखित “ नेपाल बेलायत सम्बन्धको द्विशताब्दी ” नामक पुस्तकको पनि विमोचन गरिनेछ । बेलायतको संसदीय निर्वाचनको लागि लेबर पार्टीबाट उमेद्वार बन्न सफल डा. बच्चुकैलाश कैनीको पनि उपस्थिति रहनेछ । कार्यक्रमलाई भब्य र सभ्य पार्नको लागि सम्पूर्ण बेलायातवासीलाई आव्हान गरिएको छ । करिब ४ सय जनाको क्षेमता भएको कार्यक्रम हलको टेबल लगभग पूर्ण रुपमा बुकिंग भैसकेको पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष्य नरेश खपांगीले बताएका छन् । कार्यक्रमको लागि दिउँसो ४ बजेबाट प्रवेश खुल्ला गरिने भएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।