LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।
लन्डन, प्रत्यक वर्ष बेलायतमा आयोजना हुँदै आएको गोर्खा भीसी कप यस पटक पनि यही मे २० तारिख शनिबारका दिन लन्डनस्थित स्प्रिंगवेल्स एकेडेमी (फेल्थाम कम्युनिटी कलेज)मा हुने भएकोछ । गोर्खा नेपलिज कम्युनिटी हंस्लोको सयोजकत्वमा हुने उक्त फुटबल नेपाली संघसंस्थाका प्रतिनिधि खेलाडी लगायत स्थानीय काउन्सिलका प्रतिनिधिहरुको पनि उपस्थितिरहनेछ । उक्त फुटबल प्रतियोगितामा मेन टिम अन्तर्गत १६ र भेट्रान अन्तर्गत ८ टिम गरी जम्मा २४ वटा टिमहरुको जोडदार प्रतिस्पर्धा रहने खेलकुद सचिव ध्रुब लिम्बुले बताएका छन् । मेन टिममा १७ वर्ष माथिका र भेट्रान टिममा ३८ वर्षभन्दा माथिकाले सहभागिता जनाउने भएका छन् । मेन टिम अन्तर्गत विजयी हुने प्रथमलाई एक हजार पाउण्ड र ट्रफी तथा रनर अपलाई ६ सय पाउण्ड र ट्रफीको व्यवस्था गरिएको छ भने भेट्रान तर्फ प्रथम हुनेलाई ५ सय पाउण्ड र ट्रफी तथा रनर अपलाई ३ सय पाउण्ड र ट्रफीको व्यवस्था गरिएको छ । भीसी कपको लागि पुरस्कारको सम्पूर्ण खर्च भीसीहरुद्वारा नै गरिंदै आएको छ । उक्त अवसरमा गोर्खालीहरुको पाइपर धूनसमेत गुन्जनेछ । बिहान ९ बजेदेखि साँझ ६ बजेसम्मको लागि निर्धारित समय तोकिएको उक्त कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम लगायत खाने पिउनेको समेत व्यवस्था रहने आयोजक गोर्खा नेपलिज कम्युनिटीले जानकारी दिएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





