लन्डन, हरेक वर्ष बेलायतमा आयोजना हुँदै आइरहेको १५औँ गोर्खा कप २०१७ आउँदो मे २८ तारिख आइतबारका दिन अल्डरसटस्थित क्विन्स एभिन्यूमा हुने भएको छ । तमुधिं यूकेको आयोजनामा हुन लागेको गोर्खा कपमा भ्याट्रन र ननभ्याट्रन गरी दुई श्रेणीमा विभाजन गरिएको छ । विजयी खेलाडीलाई ननभ्याट्रन तर्फ प्रथम र द्वितीय हुनेलाई क्रमश २००० पाउण्ड र १००० पाउण्ड र तथा भ्याट्रन तर्फ प्रथम र द्वितीय हुनेलाई क्रमश १ हजार पाउण्ड र ७०० पाउण्ड नगद पुरस्कार प्रदान गरिनेछ ।
साथमा आकर्षक ट्रफी र प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ । स्पोर्टस कोअर्डिनेटर क्याप्टेन पिताम्बर गुरुङले दिएको जानकारी अनुसार प्रतियोगितामा नन भेट्रान र भेट्रान गरी क्रमशः ३२ र ८ टिमले भाग लिने छन् । अमेरिका र हङकङबाट समेत अन्तर्राष्ट्रिय टिम सहभागी गराउन पहल गरिएको उनले बताए । तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप हेर्न १२ देखि १४ हजार दर्शक सहभागी हुने विश्वास व्यक्त गरेका छन् । विजनेस कोअर्डिनेटर उपाध्यक्ष नन्द गुरुङले १० खाना स्टल र अन्य व्यापारिक स्टल साथै सोधपुछ, पत्रकार एवं लस्ट एन्ड फाउन्ड स्टल गरी ४० वटा रहने जानकारी दिए । नेपाल र नेपाली अनि गोर्खालीको पहिचान बोकेको अनि युवाहरुको विशेष प्रस्तुतिरहने गोर्खा कप सम्पूर्ण नेपालीहरुको इज्जत, प्रतिष्ठा र एकताको प्रतिम्ब, नेपाली व्यवसायको प्रदर्शनी, पर्यटन प्रबर्धन लगायतका विषयसँग जोडिएको गोर्खा कपमा उपस्थिति भई सहयोग पुर्याउन अध्यक्ष्य गुरुंगले अनुरोध गरेका छन् । साथै गुरुंगले प्रत्यक्ष्य र अप्रत्यक्ष्य रुपमा सहयोग पुर्याउने विभिन्न संघ संस्था ब्यापार, व्यवसायी, सामाजिक अभियन्त, युवा, खेलाडी, पत्रकार, कोअर्डिनेटिंग टिम, ईकाइहरु, सल्लाहकार, आजीवन सदस्य, आमा समूह, युथ लगायत सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।